फेरीदै दुर्गमका बिद्यालय

जेठ २४, कालीकोट । शैक्षिक गुणस्तरको हिसावले पछि पदै आएका दुर्गम कालीकोटका केही बिद्यालय पछिल्लो समय फेरीन थालेका छन ।

जनप्रभात माध्यमिक बिद्यालय सेरावाडाका छात्र छात्रा पोशाकमा तस्विरः प्रेमराज सिम्खडा

शिक्षकहरु राजनितिमा लाग्दा र बिगतको द्धन्द्धका कारणले शिक्षा प्रति नकारात्मक सोचको बिकास हुदा शैक्षिक गुणस्तरीयता घट्दै गएपछि चौतर्फी शैक्षिक वहस हुन थालेको थियो । नयाँ पुस्ताका युवाहरुले बिद्यालय ब्यवस्थापनको जिम्मेवारी लिन थालेपछि बिद्यालयको सबै संरचनामा फेरवदल आउन थालेको हो ।

लामो समय देखि जिल्ला शिक्षा कार्यालय कालीकोटमा काजमा वस्नु भएका शिक्षक पदमवहादुर मल्ल बिद्यालयका प्रअ वन्नु र केही गरौ भन्ने मनसाय भएका स्थानिय गोगनवहादुर मल्ल बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष वनिसकेपछि जनप्रभात माध्यमिक बिद्यालय पाँखा सेरावाडा फेरिदै गएको छ ।

न भवन राम्रो थियो, न त बिद्यार्थीको सहभागीता राम्रो थियो, निकै अस्तब्यस्त वनेको जनप्रभात माध्यमिक बिद्यालय पछिल्लो समयमा सुधार हुदै गएको स्थानिय कृष्ण वहादुर मल्लले वताउनुभयो ।

बिद्यालयको सुधारमा लागी काम गर्नेहरुलाई सम्मान गर्नु सक्नु पर्ने मल्लको भनाई छ । गोगनवहादुर मल्ल बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भईसकेपछि बिद्यालय क्रमस सुधार हुदै गएको उहाँको बिश्वास छ । हाल आएर बिद्यालयका सबै छात्र छात्रालाई निजि बिद्यालय जस्तै पोसाकको ब्यवस्था निशुल्क गरिएको छ ।

कालीकोटका नागरिक सुर्खेतमा कोपिला भ्याली सेवा समाज खोलेर शैक्षिक अभियानमा लाग्नु भएका कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपवहादुर मल्लले २ सय ५० जोर बिद्यालय पोसाक जनप्रभात माबिलाई प्रदान गर्नु भएको छ । उहाँले कोपिला भ्याली सेवा समाजवाटै सुर्खेतमा कक्षा १२ सम्मको बिद्यालय होस्टेल, वालगृह सञ्चालन गरिरहनु भएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि कालीकोटका केही बिद्यालयमा आफुले क्रमस सहयोग गदै जाने अध्यक्ष मल्लले वताउनुभयो । उहाँले शिक्षामा गरिएको लगानीले सधै पुण्य कमाउने बिश्वास गर्नुभयो ।

बिद्यालय सुधार योजनामा जोड दिएकै कारणले आज सबैले बिद्यालयमा सहयोग गर्न थालेको वडा नं ८ का अध्यक्ष आदीप्रसाद चौलागाईले वताउनुभयो ।

आफु निर्वाचित भएपछि वडा भित्र रहेका सबै बिद्यालयलाई सुधार गर्ने अभियान चलाएको त्यतीमा जनप्रभात माबिले निकै सुधार गरेकाले सहयोगी दाता भेटिएको वताउनुभयो ।

उहाँले शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालय परिवार देखि ब्यवस्थापन समिति पनि निकै लागी परेकाले हाल आएर नगरकै नमुना बिद्यालयका रुपमा स्थापित गर्न सफल भएको वताउनुभयो । बिद्यालयमा हाल आएर बिद्यार्थी संख्य पनि वढ्दै गएका बिद्यालयका प्रअ पदमवहादुर मल्लले वताउनुभयो ।

धेरै टाडाका बिद्यार्थीहरु पनि बिद्यालयमा आउन थालेका छन । आफुले पढाईमा सुधार गर्नुका साथै सबै वातावरणमा सुधार गर्दा अबिभावकहरुले पनि वालवालिका भर्ना गर्न थालेको प्रअ मल्लको बिश्वास छ ।

पढाईमा सुधार ल्याउनका लागि प्रत्यक महिना कक्षागत मुल्यांकन गर्ने गरेको उहाँको भनाई छ । पछिल्लो समयमा एसईईको नतिजामा पनि सुधार आएको प्रअ मल्लको दावी छ ।

यस्तै कालीकोट केही बिद्यालयहरुले आफ्नो दैनिकीमा परिवर्तन गदै आएको अनुगमनले देखाएको शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटका शाखा अधिकृत जसिप्रसाद चौलागाईले वताउनुभयो ।

हामीले बिभिन्न समयमा गरेको अनुगमनले केही बिद्यालयमा निकै सुधार आएका पाएका छौ । त्यसैको सिको गर्न अरुलाई पनि सुझाव दिने गरेको चौलागाईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस