२४ जेठ, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनु भयो ।
‘जिल्लामा संक्रमणको दरमा केही कमी आएको छ । तर, जोखिम उच्च छ, संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ,’ प्रजिअ रिजालले भन्नु भयो ‘आजको डीसीएमसीको बैठकले पनि ३१ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ ।’
वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा सोमबार ४० दिन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस