२१ भाद्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले समाजवादी क्रान्ति पुरा गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको काधँमा आएको वताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी रास्काेट नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता विवेकले यस्तो वताउनु भएको हो ।
उहाँले नेपाललाई युक्रेन बनाउन खोज्ने साम्राज्यवादका विरुद्ध समाजवादी मोर्चा सशक्त हतियार भएको र यसले नेपाली विशेषता सहितको समाजवाद नेपालमा स्थापना गर्ने उहाँले दावी गर्नु भयो ।
नेता विवेकले समाजवादी, देशभक्त, प्रगतिशील तथा राष्ट्रवादी शक्तिहरुले भुमण्डलीकृत साम्राज्यवादको हस्तक्षेप विरुद्ध संघर्ष गर्नु पर्ने बताउनु भयो ।
उहाँले नेपालमा कुनै पनि वहानामा दलाल संसदीय व्यवस्था रहन नसक्ने भन्दै समाजवादी व्यवस्थाले मात्र देशर जनताको समस्या समाधान गर्ने जिकिर गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान् सीले राष्ट्रघाती सम्झौता एमसिसी लगायतका सबैखाले राष्ट्रघात, जनघात, भ्रष्टचार र दलालीका विरुद्ध सङ्घर्ष गर्ने नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध अभियान सञ्चालन गर्दै विकास निमार्णमा भइरहेका अनियमितता, ढिलासुस्ती र लापरवाही विरुद्ध खबरदारी गर्नुपर्नेमा जाेड दिनुभयो ।
जिल्ला इन्चार्ज बलवानले पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै एक कमिटि एक उत्पादनको नितिलाई कडाई पुर्वक कार्यनव्यन गर्न पनि निर्देशन दिनुभयो ।
नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा रास्काेट नगर इन्चार्ज समग्र सीले माओवादी केन्द्रसंग अहिले पार्टी एकताको कुरा नभएको, मोर्चावाट अगाडि जाने कुरा मात्र भएको भन्दै कतिपय व्यक्तिहरुले पार्टी एकता र पद बाडँफाडको हल्लाले दुर्गन्ध फैलाएको वताउनु भयो ।
उहाँले सिंगो कम्युनिष्ट आन्दोलन एक बनाउने आवश्यकता रहेको बताउदै माओवादी केन्द्र वा अन्य कम्युनिष्ट क्रान्तिकारी पार्टीसंग तत्काल एकताको कुरा नभएको र मोर्चाबाट अगाडि जाने वताउनु भयो ।
नगर सेक्रेटरी निर्देशन सीकाे अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य राजन सी, जनपत्रकार संगठनका सचिवालय सदस्य कर्ण विश्वकर्माकाे आतिथ्यता रहेकाे छ थियोे ।