वाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु


२२ भदौ, वाँके । बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८ः३० बजे मृत्यु भएको हो ।
भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ तीन दिनसम्म नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बस्नु भएको थियो । भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना हुनु भएका उहाँको उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।

पाँच वर्षदेखि मुटु र तीन वर्षदेखि मधुमेहका रोगी रहनु भएका उहाँको मृत्युको कारण मुटुको रक्तनली बन्द हुने समस्या (टीभीडी) रहेको स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । योसँगै बाँके जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस