जाजरकोटमा जिप दुर्घटना वडाध्यक्ष सहित ६ जनाको मृत्यु

२१ असोज, सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना वेपत्ता र एक जना घाईते भएका छन ।
जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिनु भएको छ ।
मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ महेन्द्र माध्यमिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृतिबहादुर शाही, कोर्ताङकै गर्खाकोटका अहेब खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र जुनीचाँदे–५, जजायका गर्खाकोटका अहेब कृष्णबहादुर शाही रहेको प्रहरीले वताएको छ ।
अर्का एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मेसु पात्लका लालबहादुर बुढा वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
गाडी सडकभन्दा करिब पाँच सय मिटर मुनि खसेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिनु भयो । गाडी घुम्तिबाट पार गर्दैगर्दा खोलामा खसेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस