२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबिच भेटवार्ता भएको छ ।
शुक्रवार विहान नेता शर्मा र भुसाल विप्लवलाई भेट्न उहाँको निवास हरिसिद्धिकी पुग्नु भएको हो । उहाँहरुबिच नयाँ कम्युनिष्ट केन्द्र बनाउने र कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण सहित अगाडि कसरी बढाउने ? भन्ने बारेमा छलफल जारी रहेको छ ।
नेता शर्मा माओवादी केन्द्र र नेता भुसाल नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेका नेता हुनुहुन्छ । उहाँहरु माधव र प्रचण्डबीच भएको पार्टी एकता प्रक्रियामा जानु भएको थिएन ।
विगतदेखि नै नेकपा महासचिव विप्लव, नेता शर्मा र भुसालले नयाँ विचार,नयाँ कम्युनिष्ट पार्टी र नेतृत्वका विषयमा वहस गर्दै आउनु भएको थियो । तीन नेताको यो भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ ।