२१ मंसिर, काठमाडौं । मंसिर २८ गते वस्ने संसदको अधिवेशनमा एमसीसी पारीत गर्ने सरकारले तयारी गरेको छ । राष्ट्रघाती एमसीसीका विरुद्ध सत्तारुढ दलमै चर्को विवाद छ । यस्तै सडकमा पनि एमसीसी विरुद्ध नारावाजी लागेकै छन ।
यस्तो वेला सरकारले यो सम्झौता संसदवाट अनुमोदन गर्ने तयारी गर्नुलाई थप संकट निम्त्याउन खोजेको राजनीतिज्ञहरुले वताएका छन ।
सोमबार संसदीय सुनुवाइ समितिमा अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइका क्रममा सत्तारुढ नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेताले आपसमा एमसीसीका विषयमा विपरीत धारणा राखेका छन ।
माओवादी केन्द्रका सांसद देव गुरुङले एमसीसी सम्झौता संशोधन बिना पास हुन नसक्ने जिकिर गर्नु भयो भने नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले एमसीसी सम्झौता संसदबाट अनुमोदनमा ढिलाइ गर्न नहुने बताउनु भयो ।
एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने प्रावधानले शंका उत्पन्न गराएको माओवादी नेता गुरुङले भन्नु भएको छ भने कांग्रेसकै सांसद भीमसेन दास प्रधानले एमसीसी परियोजना ल्याउँदा नेपालमा अमेरिकी सेना आउँछ भन्नु गलत रहेको धारणा राख्नु भएको छ । ‘
संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले एमसीसी समयमै पास नगर्दा नेपाललाई घाटा हुने तर्क गर्नु भएको छ ।
सत्तारुढ दलमै एमसीसीका वारे यस्तो किचलो मात्र होइन सडकमा विप्लव नेतृत्वको नेकपा लगायतका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले यसको विरुद्धमा कडा आन्दोलन गरिरहेका छन । नेकपाले एमसीसी विरुद्ध राजधानीमा यसअघि विशाल जनसभा समेत गरेर खारेज गर्न माग गरेको छ । तर पनि संसदवादी दलहरु अमेरिकी दवालमा एमसीसी पारीत गर्ने दाउमा लागेका छन ।
नेपाली कांग्रेसका सभापति सेर वहादुर देउवाले आफु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै एमसीसी पारित गराएरै छोड्ने गोप्य पत्र अमेरिकालाई दिएको खुलासा गर्नु भएको थियो । अव एमसीसीलाई रोक्न नेपाली जनता फेरी एकपटक सडकमा आउनु पर्ने अवस्था देखिएको छ ।