विप्लव नेतृत्वको युवा गर्जियो, अवैध ढुङगा,गिट्टी र वालुवाको विक्रीमा प्रतिवन्ध


२१ मंसिर,बाँके । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल वाँकेले जिल्लाको राप्ती नदि किनारका विभिन्न ठाउँमा अवैध रुपमा उत्खन गरि विक्री हुदै आएको ढुङगा,गिट्टी र वालुवा मंगलवार कव्जा गरेको घोषणा गरेको छ । उसले निकासी पैठारीमा प्रतिवन्ध लगाएको छ ।
युवा संगठन नेपालले राप्ती नदि किनारको खल्लाटपरी,ढलैया र टिकुलीपुरमा क्रेसर व्यावसायीहरुले अवैध रुपमा नदि किरार छेउ र सामुदायिक वनमा जम्मा गरेका ढुङगा,गिट्टी र वालुवाहरु आफ्नो संगठनले कव्जा गरेको घोषणा गरेको हो ।


युवा संगठनका दर्जनौ युवाहरुले ती ठाउँहरुमा मार्चपास गर्दै “अवैध रुपमा भण्डारण गरि राखिएका गिट्टी र वालुवा जनताको सम्पति घोषणा गर” भन्ने नारा लेखिएको व्यानर र झण्डा गाडेका छन ।
युवा संगठन नेपालले ढुङगा,गिट्टी र वालुवा भण्डारण गरिएको ठाँउ कव्जामा लिए लगत्तै एक प्रेस विज्ञप्ती जारी गरि सत्ता र शक्तिको आडमा ढुङगा,गिट्टी र वालुवा तस्करी भएको दावी गरेको छ ।

उसले राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ६ खल्लाटपरी,ढलैया र वडा नम्वर २ को टिकुलीपुर सामुदायिक वन भित्र करोडौको वनपैदावर मासी अवैध रुपमा करोडौ मुल्यपर्ने हजारौं ट्रिपर ढुङगा,गिट्टी र वालुवा रहेको भन्दै त्यो जनताको सम्पति घोषणा गर्नका लािग कव्जा गरिएको जनाएको छ ।


संगठनका जिल्ला अध्यक्ष तथा इन्चार्ज दिपक वुढाको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा पटक पटक जिल्लाका सरोकारवाला जिल्ला प्रशासन कार्यालय संग छलफल गर्दा पनि कुनै पनि निकायहरुले चासो नदिएकोले कव्जा गर्न वाध्य हुनु परेको उल्लेख गरिएको छ ।


युवा संगठनले विज्ञप्तीको अन्त्यमा जनताको सम्पतिको रुपमा रहेको ढुङगा,गिट्टी र वालुवा यदि कसैले चोरी निकासी गरेमा जनताको अभिमत सहित आवश्यक कार्वाही गरिने चेतावनी दिएको छ ।
विज्ञप्तीको पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस