२४ पुस,दाङ । नेकपा (माओवादी)ले राष्ट्रिय स्वाधीनता र समाजवादको पक्षमा युवा जागरण गर्दै सुरु गरेको ‘समाजवादी युवा जागरण अभियान’ बुधवार साँझ दाङको राजपुरमा पुगेको छ । यो अभियानको पुस १९ गते कञ्चनपुरको पुर्नवास नगरपालिका टाउन बजारमा नेकपा (माओवादी)का स्थायी समिति सदस्य भरत सीले औपचारिक रुपमा उद्घाटन गरेपछि अभियान सुरु भएको थियो । अभियान टिमले कञ्चनपुरको बेलौरी,बेल्डाँडी, गड्डाचौकी,महेन्द्रनगर बजार, कैलाली जिल्लाको धनगढी,लम्की, टिकापुर, बर्दिया जिल्लाको राजापुर,गुलरीय र बाँके जिल्लाको नेपालगंज र कोहलपुरमा र्याली, कोणसभा र जनतासंगको अन्तरक्रिया र भेटघाट गरेको छ । अभियानमा उत्साजनक सहभागिता हुदै गएको छ ।
(फोटो फिचर …)












