उदयपुरमा जबस मोर्चाको प्रथम संयुक्त भेला सम्पन्न

२४ पुस, उदयपुर । युवा संगठन नेपालले पुर्बी नेपालमा संचालन गरेको जनमतसंग्रहको लागि संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा ३ नम्बर अभियान टोलीको पहलमा शनिवार बेलका नगरपालिका स्तरीय जबस मोर्चाहरुको प्रथम संयुक्त भेला सम्पन्न गरेको छ ।

भेलाले गणेश घिमिरेको अध्यक्षतामा १५ सदस्य युवा संगठन नेपाल बेलका नगर कमिटी बनाएको छ । यस्तै गोबिन्द ठाकुरको अध्यक्षतामा ११ सदस्यीय भुमिहिन सुकुम्बासी संगठन बेलका नगर कमिटी र उर्मिला बिकको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) बेलका नगर कमिटी गठन गरेको छ ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथि तथा पार्टी केन्द्रिय सदस्य तथा ओखलढुंगा उदयपुर इन्चार्ज बिबेक कुमालले लोकतन्त्र भनिने व्यवस्थामा मानवअधिकारका आधारभूत आवश्यकता गाँस, बाँस, कपास सम्म पनि जनताले प्रत्याभूति गर्ने गरि व्यवस्था गर्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले सरकार जनताको पक्षमा उत्तरदायी नभएको कारण आज जनता भोकले मर्न्नु पर्ने अवस्था आएको भन्दै युवाहरु बिदेशीनु पर्ने बाध्यता भएको बताउनुभयो । उहाँले अब नेपालमा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार रक्षाका लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको दावी गर्नुभयो ।


कार्यक्रममा उदयपुर जिल्ला सेक्रेटरी कमरेड लक्ष्मण, युवा संगठन नेपालका केन्द्रिय सचीव कमरेड तिलक योगी, उदयपुर जिल्ला कार्यालय सचिब दुर्गा, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ३ नम्बर अभियान टोली प्रमुख हरि बस्नेत लगायतको सहभागिता रहेको थियो ।
रिता राइको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा ओखलढुंगा उदयपुर जिल्ला इन्चार्ज कमरेड विबेकको प्रमुख आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस