२६ माघ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीेले नेपाली विशेषताको समाजवादका लागि विचार मिल्नेसंग पार्टी एकता र धुव्रीकरण गर्न नेकपा सधैभ तयार भएको बताउनु भएको छ ।
नेकपा रास्कोट नगरकमिटीको पाँचौ पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै जिल्ला इन्चार्ज विवेक सीले नेपाली विशेषताको समाजवादक लागि विचार मिल्नेसंग पार्टी एकता र धुव्रीकरण गर्न नेकपा सधैभ तयार भएको बताउनु भएको हो ।
उहाँले नेपालको मुख्य समस्या दलाल पुँजीवाद भएको जिकिर गर्दै अहिलेको दलाल पुँजीवादी व्यवस्थाबाट नेपाली जनताको सपना पुरा नहुने दाबी गर्नु भयो ।
नेता विवेकले भन्नु भयो ‘नेपालको मुख्य समस्या दलाल पुँजीवाद हो । यो श्रमजीवि जनताको दुश्मन हो । अहिलेको व्यवस्था गणतन्त्रको नाममा दलाल पुँजीवादमा फेरिएको छ । यो जनताको व्यवस्था र गणतन्त्र होईन । जनताको व्यवस्था समाजवाद हो । नेपाली विशेषताको समाजवादमा हामी सबै एक भएर जानुपर्छ ।’
उहाँले नेपाली विशेषताको समाजवादका लागि नेपालका विचार मिल्ने सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त तथा अग्रगामी शक्तिहरुसंग नेकपा एकता र धुव्रीकरण गरी समाजवादमा जान जोड गरिरहेको बताउनु भयो ।
उहाँले पार्टीको केन्द्र, प्रदेश र जिल्लाको बैठकले तय गरेका योजनाहरु कडाईपूर्र्वक लागु गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।
नेता विवेकले नेपाली विशेताको समाजवादको लागि अव आउने ०८४ को निर्वाचनमा पार्टी सहभागी हुने तयारी भएको भन्दै जनतामा पार्टी सुदृढ गर्नुपर्ने वताउनु भयो ।
बैठकले संगठन सुदृढ तथा विस्तार गर्ने, पार्टी योजना कार्यान्वयन गर्ने, एकता र धुव्रीकरणको वातावरण बनाउने, उत्पादनमा जोड दिने, जनतासंग जोडिने लगायतका निर्णयहरु गरेको छ ।
बैठकमा केन्दीय प्रतिनिधी समिति सदस्य छायाँ सी, जिल्ला सल्लाहकार समिति सदस्य मिना सीको आतिथ्यता रहेकोको थियो ।
नगर कमिटी इन्चार्ज निर्देशन सीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन नगर कमिटी सचिव अमर सीले गर्नु भएको थियो ।