२५ माघ, कालिकोट । नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र शाही कम्युनिष्टहरुको विश्वास गर्ने भौतिकवादी दर्शनलाई वेवास्ता गर्दै अध्यायत्मवादी दर्शनको शरणमा पुगेका छन ।
प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका शाही चुनावी भेटघाटका क्रममा पलाँताका धामी विष्णुचन्द्र न्याैपानेसँग हेराउदै भौतिकवादी दर्शनलाई वेवास्ता गरी अध्यायत्मवादी दर्शनको शरणमा पुगेका हुन ।
उनले शनिवारमात्र पतालामा आफू चुनाव लडिरहेकाले चुनाव जित्छुकी नाई ? भनेर धामी झाक्री हेराएका छन । उनी धामीबाट छापछपिलो लिदै मख्ख भएका छन । धामीले छाम छपिलो दिने बेला समेत यो बर्ष निकै कठिन भएको र चनासो हुन सचेत गराएका छन । यो कुरा उनकै पार्टीका नेता डम्बर शाहीले आफ्नो फेसबुकवालमा सार्वजनिक गरेको भिडियोमा प्रष्टै सुन्न सकिन्छ । त्यतिवेला उम्मेदवार शाहीले दुई हात जोडेर धामीको शरण परेको पनि प्रष्टै देखिएको छ ।
एउटा कम्यनिष्ट नेताले त्यो काम गर्न उचित हो वा होईन ? निकै गम्भीर वहस सुरु भएको छ । पुरानो संस्कृतिको जर्गेना गरेपनि अन्धविश्वास हटाउने कम्युनिष्ट नीति हो । जनयुद्धको बेला देवि देवताहरु केही पनि हुदैनन् यो अन्धविश्वास हो भनेर महेन्द्र शाहीले नै कार्यकर्ताहरुलाई भन्ने गरेका थिए । अधिकाँस देवताका थानहरुमा उनकै निर्देशनमा जिल्लाका विभिन्न थान (मन्दीर)का घाँट र घण्टहरु कव्जा गरिएका थिए । त्यत्तिमा होईन उनकै निर्देशनमा धामी झाँक्रीहरुका टुप्पी समेत काटिएका थिए ।
समाजमा लामो समय देखि एउटा संस्कृतिको रुपमा धामी झाँक्री बस्ने चलन अहिले पनि छ । धामी झाँक्री प्रथाका कारण अधिकाँस नागरिकहरुले विरामी हुदा समयमै औषधि नपाएर ज्यानै गुमाउनु परेका दर्जनौ उदाहरणहरु छन ।
माक्र्सवादी कम्युनिष्टहरुले संसारमा रहेका दुईवटा दर्शन भौतिकवादी र आर्दशवादी दर्शनमध्य भौतिकवादी दर्शनलाई विश्वास गर्ने गरेका छन । अझै कम्युनिष्टहरुले द्धन्द्धात्मक ऐतिहासिक भौतिकवादी दर्शनप्रति बढी विश्वास गरेका हुन्छन । ‘संसारको पहिलो चिज भौतिक वस्तु हो, यो सधै गतिशील हुन्छ, ब्रमाण्डलाई कोही कसैले सृष्टि गरेको होईन,यो वस्तुको गतिशील नियमका कारण आफै भएको हो, देवी देवता, भूतप्रेत केही पनि हुदैनन् भन्ने मान्यता राखेको हुन्छ’ कम्युनिष्ट नेताहरुले भन्ने गरेका छन ।
यस्तै अर्को आर्दशवादी दर्शनलाई अध्यायत्मबादी दर्शनपनि भन्ने गरिएको छ । यो दर्शन माक्र्सवादी कम्युनिष्ट दर्शनको ठीक विपरित दर्शन हो । ‘यो दर्शनले संसार इश्वरले बनाएको हो, देवी देवता भूतप्रेत सबै हुन्छन भन्ने मान्यता राखेको अन्धविश्वासी दर्शन हुन्छ । २१ औं सताव्दीमा पनि कम्युनिष्ट विचार बोेकेको एउटा नेताले यहि अन्धविश्वासको दर्शन बोकेको देख्दा भौतिकवादीहरुले चर्को आलोचना गरेका छन ।’
आफू चुनाव जित्छु कि नाई ? भनेर धामी झाँक्रीको शरणमा पुग्नु कम्युनिष्ट विचारबाट विचलनको पराकाष्ठा भएको कम्युनिष्ट नेताहरुले प्रतिक्रिया दिएका छन । हुन त उनी नेपाली कम्युनिष्ट पार्टीको नाम राखेर सो पार्टीको केन्द्रीय सदस्य भएपनि विचार सिद्धान्त, आस्थामाथि गम्भीर दरिद्रताका कारण पनि यस्तो समस्या आएको भन्नेहरु छन । भौतिकवादी,विज्ञानसम्वत विचार नभएका नेताहरुलाई भोट दिएर जिताउदा नेपाली जनताको अधिकार प्राप्त नहुने प्रष्ट देखिएको छ । यो घटनाले उनी कम्युनिष्ट विचार र दर्शनबाट पूर्ण रुपमा विचलित पात्र भएको र कम्युनिष्ट आर्दश र विचार विनाको नेताले जनताको पक्षमा काम गर्न पनि नसक्ने उनकै पार्टीका नेताहरुले बताएका छन ।