२५ माघ,सुर्खेत । विप्लव नेतृत्वको नेकपा जुम्लाले जिल्ला समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै समाचार भ्रमपूर्ण र मिथ्या भएको वताएको छ ।
सो पार्टीले मंगलवार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा गएका भनिएकाहरु आफ्नो पार्टीमा विभिन्न मुद्धामा कारवाहीमा परेकाहरु भएको भन्दै उनीहरुको माओवादी केन्द्रमा प्रवेशले आफ्नो पार्टीलाई कुनै असर नगर्ने बताएको छ ।
विज्ञप्तीमा २०७६ साल असोज २८ गतेको पूर्ण बैठकबाट कमरेड रविकिरण भनिने चन्द्रविर तिरुवा, तिर्थ वड, रतन वड, जया परिवार लगायतका केही व्यक्तिहरुलाई रुपान्तरणको लागि निलम्बन गरिएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ “निज व्यक्तिहरुले थप पार्टी नीति विपरित गतिविधि गर्दै हिंड्ने राजनैतिक, वैचारिक, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा स्खलित भएको पुष्ट्याईबाट माथि उल्लेखित व्यक्तिहरुलाई पार्टी केन्द्रको निर्देशन मुताविक मिति २०७६ पुस १५ गतेबाट पार्टीको साधारण सदस्य नरहने गरी निस्कासन (खारेज) गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गरिन्छ ।”
तत्कालिन व्यूरो इन्चार्जले कार्वाही गरेको विज्ञप्ती यस्तो छ
उसले यस्ता समाचारबाट अन्य कार्यकर्ता पंक्तिलाई कुनै भ्रममा नपर्न पनि अपील गरेको छ । जिल्ला इन्चार्ज विराट र सेक्रेटरी प्रभाजितद्धारा मंगलवार जारी विज्ञप्तिमा यस्तो अपील गरिएको हो ।
नेकपा जुम्लाले मिति २०७८ माघ २५ गतेका दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सामाजिक सञ्जाल फेसबुक (आइडी) मार्फत् नेपाल कम्युनिष्ट पार्टी जुम्लाको विषयमा भ्रम पर्ने गरि केहि व्यक्तिको नाम सार्वजनिक भएकोमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति जुम्ला खेद प्रकट गर्दछ भनिएको छ ।
सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टी जुम्लाको इन्चार्ज चन्द्रविर तिरुवा (रविकिरण), सेक्रेटरी तिर्थ वड (विज्ञान), सह–सेक्रेटरी अलि शाही (कैलाश) भनि विभिन्न जनवर्गीय संगठनको नाम र जिम्मेवारी तोकी सार्वजनिक गरिएको व्यक्तिहरुको नामावली भ्रमपूर्ण, मिथ्या र कपोकल्पीत हो जारी विज्ञप्तीमा भनिएको छ ।
नेकपा जुम्लाले नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता, पार्टी सदस्य र आम क्रान्तिकारी जनसमुदायहरुमा भ्रममा नपर्न आग्रह गर्दै पार्टी सुदृढीकरण र रुपान्तरणले एकीकृत जनक्रान्तिलाई क्षति हैन थप मजबुत र उर्जा प्रदान गर्ने दावी गरेको छ ।
यस्तो छे विज्ञप्तिको पूर्ण पाठ ः