उद्योगी-व्यवसायी टाट पल्टिएका छन्, युवा बेरोजगारको ताँती छ : विप्लव

 

माघ २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताउनु भयाे ।

ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उहाँले बताउनु भयो ।

पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताउनु भयो । ‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै जेथा मिटरब्याजीले लिएर सडकमा पु¥याइदिइरहेका छन्’ उहाँले भन्नुभयो ।

शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताउनु भयो । क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि उहाँले ले टिप्पणी गर्नु भयो ।

युवा पुस्तामा रहेको निराशा गत स्थानीय, संघ र प्रदेशको निर्वाचनमा पनि देखिएको उहाँले बताउनु भयो। ‘यो चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए, जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे’ उहाँले भन्नुभयो, ‘चुनावमा नयाँ दल उदाउनु सकारात्मक कुरा हो ।’

यस्तै नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता प्रकाण्ड सी ले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताउनु भयो ।

उहाँले बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको बताउनु भयो ।

जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै उहाँले भन्नुभयो, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर विरुद्ध ५ गते र चर्को महंगी विरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

 

प्रतिक्रिया दिनुहोस