माघ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपालका दलाल र माफिया विरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ ।
नेपालमा दलाल र माफियाहरुको विगविगीका कारण देश संकटमा परेको भन्दै नेकपाले संघर्ष गर्ने घोषणा गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको वैठकका निर्णयहरु सार्वजनिक गर्न वुधवार काठमाडौंको जमलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै नेकपाका महासचिव विप्लव सीले यस्तो घोषणा गर्नु भएको छ ।
महासचिव विप्लव सीले नेपालमा दलाल व्यवस्था र माफियाका कारण क्वारेन्टाईन नगरिएको भारतिय तरकारी नेपाल भित्रिएको भन्दै बन्द गर्नु पर्ने वताउनु भयो ।
उहाँले नेपाली किसानहरुले उत्पादन गरेको तरकारीले वजार नपाएको र भारतबाट क्वारेन्टाईन नगरी आयत गरिएको तरकारीले वजार पाएको भन्दै नेपाली किसानहरुको समस्या राज्यले नवुझेका कारण नेपाली उत्पादन खेर जाने गरेको वताउनु भयो ।
महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्थाको चरित्र नेपालमा नाङ्गो रुपमा विभिन्न क्षेत्रमा देखिदै गएकोले आर्थिक संकट पैदाहुदै गएको ठोकुवा गर्नु भयो । तराईमा मिटर व्याजी,पहाडमा वैङ्क तथा वित्तिय संस्थाहरुले लाखौं नेपाली जनताको उठ्ठीवास गरेको भन्दै उहाँले त्यस्ता दलाल माफियाहरु माथि नेपाल कम्युनिष्ट पार्टीले कार्वाही गरेर छोड्ने चेतावनी दिनु भयो ।
महासचिव विप्लवले जनयुद्धमा ठुलो बलिदान गरेको तत्कालिन नेकपा माओवादी र अहिलेको नेपाल कम्युनिष्ट पार्टीले ल्याएको उपलव्धिको फल कांग्रेसीहरुले खुट्टा हल्लाएर खाएको औल्याउदै राजाको शासनमा कांग्रेस एमालेका नेताहरु जेलमा रहेको हेक्का रहन आग्रह गर्नु भयो ।
जनयुद्धमा सहिद भईसकेका योद्धाहरुको नाममा घरमा पक्राउ पुर्जि पठाउने प्रशासन र अदालत विरुद्ध आक्रोसीत हुदै नेकपा महासचिव विप्लवले के प्रशासन र अदालत बहिरो,कानु र विवेक गुमेको छ ? के त्यहाँ कामगर्ने कर्मचारी र न्यायधिसहरु अन्धा छन ? को हुनु यीनीहरु भनि प्रश्न गर्नु भयो ।
उहाँले जनयुद्ध लड्ने माओवादीहरुलाई अपराधी जस्तो बनाउन खोज्ने दलाल व्यवस्था भएको भन्दै दलाल व्यवस्था र माफियाहरु विरुद्ध संघर्ष गर्नुको विकल्प नभएको जिकिर गर्नु भयो ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै महासचिव विप्लवले बन्दुक साहायक कुरा भएको र मुलत दलाल पूँजीवाद विरुद्ध लड्न मानसिक रुपमा तयार हुने हो भने बन्दुक आफै आउने वताउनु भयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको रगतमा पानी नभई क्रान्ति भएकाले पनि नेपालमा क्रान्ति अनिर्वाय भएको र जारी रहेको वताउनु भयो ।
महासचिव विप्लवले एमसीसी नेपाली मुकुण्डो लगाएर लागु गर्न खोजिएको कुरा आएको र एसपीपी पनि सुरु हुदैछ भन्ने सूचना आएकाले त्यस विरुद्ध सड्कमा उत्रिन सवै देशभक्त नेपालीहरुलाई अपिल गर्नु भयो ।
महासचिव विप्लवले नेपालमा दलाल पूँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नगरे सम्म नेपाली जनताको मुक्ति नहुने ठोकुवा गर्नु भयो ।
उहाँले नेपालमा दलाल संसदीय व्यवस्था वा वैज्ञानिक समाज कुन ठिक छ ? भन्ने विषयमा जनमत संग्रह गरौ भन्दा नेपालका संसदवादी पार्टीहरु तयार नभएको दुखेसो पोख्नु भयो ।
महासचिव विप्लवले दलाल पूँजीवादले नेपाली युवा शक्तिलाई योजनावद्ध विदेश पलायन हुने वातावरण वनाएको दावी गर्दै युवाहरुले विदेश नभई स्वदेशमै दलाल पूँजीवाद विरुद्ध संघर्ष गर्न आग्रह गर्नुृ भयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्र समेत निजीकरण र व्यपारीकरण गर्दा माफियाहरुको अत्याचार वढेको वताउनु भयो ।
यस्तै नेकपाले आफ्नो बैठकका निर्णय सार्वजनिक गर्दै मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर विरुद्ध फागुन ५ गते र चर्को महंगी विरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस