युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम

फाल्गुन २५, कालिकोट । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताउनु भएकाे छ । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा औँल्याउनु भएकाे हाे ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका अध्यक्ष बमले समाज रुपान्तरणमा लाग्ने अभियान्ताले पनि स्यंम संगठित हुनुपुर्ब रुपान्तरण हुने प्रतिबद्धता गर्न आबश्यक रहेको बताउनु भयाे ।

नेपाल युवा परिषदले दिएको सरकुलर अनुसार आज कालिकोट मान्ममा उक्त कार्यक्रम आयोजना गरिएको हो । ममता अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश युवा परिषदको संयोजक ईन्द्रजित सुनार बिशेष अतिथ्यता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस