कालिकोटमा नेकपाका राजनीतिक गतिविधि वढदै


२४ फागुन कालिकोट । सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिवन्ध औपचारिक रुपमा फागुन २१ गते फुकुवा गरेपछि सदरमुकाम मान्ममा नेकपाले आफ्ना राजनीतिक गतिविधि वढाएको छ ।
आईतवार नेकपाले सदरमुकाम मान्ममा पत्रकार सम्मेलन समेत गरि आफ्नो पार्टी जनताको एजेण्डामा कुनै पनि हालतमा नझुक्ने वताएको छ ।
नेकपाका जिल्ला इन्चार्ज रणदिप ,सेक्रेटरी पदम विक (साहासी)ले पत्रकारहरुका विचमा पार्टीका धारणाहरु सार्वजनिक गर्दै आफ्नो पार्टी जनताको पक्षमा जनताका मुख्य एजेण्डा लिएर वार्तावाट शान्तिपूर्ण राजनीतिक वाटोमा आएको वताउनु भएको छ ।

उहाँहरुले हिजो पनि पार्टी शान्तिपूर्ण राजनीतिक वाटोमा थियो भोली पनि पार्टी शान्तिपूर्ण राजनीतिक वाटोमा जाने वताउनु भएको छ ।
यसअघि शनिवार मान्ममा जनप्रर्दशन सहित प्रतिमाचोकमा कोणसभा गरि जनताको पक्षमा आफ्नो पार्टी प्रतिवद्ध भएको नेकपाले घोषणा गरेको थियो ।


प्रतिवन्ध पछि गाउँ गाउँमा पार्टीले व्यापक राजनीतिक गतिविधि गरेपनि सदरमुकाम मान्ममा भने गर्न सकेको थिएन ।
केपी ओली नेतृत्वको सरकारले दुई वर्ष अघि २०७५ साल फागुन २८ गतेवाट नेकपा माथि हिंसात्मक गतिविधि गरेको भन्दै प्रतिवन्ध लगाएको थियोे ।
तर दुई वर्ष सम्म हिंसात्मक गतिविधि नभएर राजनीतिक गतिविधि गरेको र राजनैतिक एजेण्डा उठाएको पुष्टि भएपछि स्वयम सरकारले प्रतिवन्ध फुकुवा गरेको हो ।
प्रतिवन्ध फुकुवा पछि जनपरिचालन,राजनैतिक भेटघाट लगायतका राजनैतिक गतिविधिमा नेकपा केन्द्रीत भएको पार्टीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस