उत्पीडन सहनु पनि पाप हो ःविप्लव


२४ फागुन, कपिलवस्तु । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले उत्पीडन सहनु पनि पाप भएको वताउनु भएको छ ।
आज अन्तरष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको कपिलवस्तुमा आयोजित सातौं राष्ट्रिय महिला सम्मेलनलाई सम्वोधन गर्दै उत्पीडन सहनु पनि पाप भएको वताउनु भएको हो ।
महासचिव विप्लवले महिला अधिकार पाउनको लागि विद्रोह भन्दा अर्को विकल्प नभएको वताउनु भयो । उहाले नेपालमा महिलाहरुले अलि अलि अधिकार पाएपनि पूर्ण अधिकार पाउन नसकेको वताउनु भयो ।
उहाँले यो पूजीवादी व्यस्थामा महिलाहरुले सम्पूर्ण अधिकार पाउन नसक्ने भन्दै सभ्य र वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्पूर्ण अधिकार प्राप्त गर्ने दावि गर्नु भयो । उहाँले सत्यको पक्षमा वोल्दा दमन गर्नु वहादुरीता नभएको वताउनु भयो ।
महासचिव विप्लवले नेपालमा चन्द्रसम्मेरको पाला सम्म समेत महिलाहरु राजा संगै जलेर जानु पर्ने अवस्था थियो भन्दै त्यस्तो अवस्था त अहिले नभएको वताउनु भयो ।
उहाँले भन्नु भयो “अझै पनि महिला मुक्त छैन, केही अधिकार पाएपनि पुरै अधिकार पाएका छैन, यो पूजीवादमा पैसाका लागि मालिकहरुले किनवेच गरेकाछन ।”
कार्यक्रममा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला कंचनले पैतृक सम्पति छोराको नाममा मात्र हुने परम्परा हटाउदै छोरीको नाममा पनि हुनु पर्ने व्यवस्था चाहेको वताउनु भयो । उहाँले भन्नु भयो “जन्मने वित्तिकै महिलाले पैतृकि सम्पतिमा समान अधिकार पाउनु पर्छ ।” नेता कंचनले नेपालका युवा युवतिहरु झण्डै ९० प्रतिशत जति जेलमा चोरी र लागुऔषतको मुद्धामा परेको भन्दै राज्यको नीति गलत भएका कारण यस्तो अवस्था आएको दावी गर्न भयो ।

 

प्रतिक्रिया दिनुहोस