भूमिका
‘जहाँ मानव समाज हुन्छ, त्यहाँ वर्ग हुन्छ, जहाँ वर्ग हुन्छ, त्यहाँ वर्गिय शोषण ,असमानता र वर्गीय उत्पीडन हुन्छ । वर्गीय उत्पीडनले वर्ग संघर्षको जन्म गराउदछ । वर्ग संघर्षले मात्र वर्गीय उत्पीडन बाट हुने सवै खाले विभेदको अन्तका लागि ढोका खोलिदिन्छ ।’ यो समाज विकासको सामान्य तथा सार्वभौम माक्र्सवादी मान्यता हो । सवै भन्दा उपेक्षित,उत्पीडित वर्गले आफ्नो मुक्तिको मालेमावादी हतियार प्राप्त गर्यो भने त्यही वर्ग बहादुर अग्रगामी ,क्रान्तिकारी वर्गमा रुपान्तरित हुन्छ । अर्धसामान्ती ,अर्धऔपनिवेशिक उत्पीडनमा परेको नेपाल र नेपाली जनतालाई मुक्त गर्नु जनताको नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्न थालिएको महान जनयुद्धको ऐतिहासिक प्रभावमा सिङ्गो उत्पीडित वर्ग स–गौरव सहभागी भइरहेको अवस्था थियो । केन्द्रीकृत सामान्तवादबाट भौगोलिक उत्पीडनमा पारिएको सिङ्गो कर्णाली प्रदेशको कान्छो जिल्लाको रुपमा चिनिएको कालिकोट विशेषतः बर्गिय राजनीति,आर्थिक,सामाजिक र सांस्कृतिक भेदभाव शोषण दमन र उत्पीडनको शिकार बनाईएको दलित समुदाय र दोस्रो दर्जाको नागरिकका रुपमा अपहेलित भएको महिला जो सामान्ती पुरुष प्रधान समाजको अत्याचारको बन्धनमा बाँधिएको थियो । तिनै माल्कोटवासी दलित बहादुर महिलाहरुद्धारा जनयुद्धकै इतिहासमा सबभन्दा पहिलो ऐतिहासिक शाहसिक प्रतिरोधको आवाज बुलन्द कालिकोटको माल्कोटको विथलडाँडामा भएको थियो । विस २०५४ साल चैत्र २६ गते एक करिश्मामय युगान्तकारी महिला प्रतिरोधको दिन रगतले इतिहास लेखिएको दिन थियो । जो युगौ युग सम्म बाँचिरहने छ । यहि युगान्तकारी महिला विद्रोहको विरताको इतिहासलाई एकीकृत जनक्रान्तिको मर्मसंग जोड्न वीरता र वलिदानको गौरवपूर्ण मार्गलाई उच्च कदर गदै आगामी क्रान्तिमा त्यसवाट लिनु पर्ने शिक्षालाई क्रान्तिको उर्जाको रुपमा पक्रिन त्यो ऐतिहासिक दिनको उच्च मुल्याङकन तथा स्मरणः गर्नु एक क्रान्तिकारी सिपाईको कर्तव्य रहन जान्छ । त्यही क्रान्तिकारी विरगाथाको चर्चा गर्न सान्दर्भिक ठान्दछु ।
दमित आत्माहरुको विष्फोट
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी )ले नेपालमा सामान्ती राज्यव्यवस्थाको समुल अन्त्य गर्दै जनताको जनवादी राज्य व्यवस्थाको स्थापना गर्न अर्धऔपनिवेशिक,अर्धसामन्ती अविकसित देशमा दिर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि महान जनयुद्धको थालनी गरेको ठीक २ वर्ष पुरा हुदै थियो । जनयुद्धको कार्यदिशा गाँउबाट शहर घर्ने रणनीतिमा आधारित थियो । महान जनयुद्धको तयारी थालनीदेखि गाँउ केन्द्रीत गतिविधि भइरहेका थिए । ग्रामीण वर्ग संघर्षका विविध रुपहरु मार्फत स्थानीय सुदखोर सामान्त,जाली फटाहाका विरुद्धमा धावा बोल्दै जनतामा राजनैतिक प्रचार, संगठन निमार्ण लगायतका सशस्त्रीकरणका कार्यक्रमहरु बढिरहेका थिए । महान जनयुद्धमा नेपाली उत्पीडित जनसमुदायमा सकरात्मक उर्जा आसा सहितको सहभागिता बढिरहेको थियो । दुश्मनको लुटको स्वर्गमा भूइचालो आउदै थियो । त्यही क्रमसंगै राज्यबाट सौतेनी व्यवहार गरिएको भौगोलिक रुपमा उत्पीडनमा पारिएको कर्णाली प्रदेशका जनसमुदायको सहभागिता बढदै थियो । कालिकोट जिल्लाको तत्कालिन माल्कोट गाविस जहाँ दलित समुदायको बाहुल्यता छ । त्यहाँका दलित समुदायलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सवै खाले उत्पीडनबाट मुक्त हुन ‘विद्रोह गर्नु जनताको अधिकार हो । राज्यसत्ता वाहेक सवै भ्रम हो । नखोसे अधिकार पाइदैन सवै खाले अत्याचारको बन्धन तोडन जनयुद्ध उत्तम विकल्प हो’ भन्ने मान्यतामा दह्रो ढंगले प्रशिक्षित र संगठित गरेको थियो । सोही क्रमसंगै सामान्ती राज्य व्यवस्थाका स्थानीय मतियार र रक्षक प्रहरीद्धारा जनदमनको श्रंङखला झुट्टा मुद्धा,धरपकड,जालजेल,गिरफ्तारी,खानतलासी लगायतको दमनचक्र जारी थियो ।
सोही क्रममा २०५४ साल चैत्र २६ गते विहान ११ बजेको समय थियो । कुमालगाँउ इलाका प्रहरी कार्यालयबाट सामान्ती सत्ताका भाडाका सिपाईहरु गस्ती खानतलासी गर्दै माओवादी खोज्दै जनदमनका लागि माल्कोट विथलडाँडाको प्याउकली विश्वकर्माको घरमा पुग्दछन । जंगीदै घरमा को छ ? आतंककारी छन कि ! भन्दै ढोका फोडन थाले । घर खानतलासी प्रकिृया अघि बढाए । घरमा आतंकित पार्दै ए रण्डी ! माओवादी पाल्छस ! खाना दिन्छस ! भन्दै बुढी आमालाई हप्काउने काम गरे । घरमा खान तलासी गर्दा अरु केही भेटिएन ,गाँउको कामकै लागि राखिएको एउटा हाते माइक फेला पर्यो । माइक घरकै हो भन्दै आमाले समात्न पुग्नु भयो । यो माओवादीको हो । आतंककारी पाल्छ रे ! भन्दै तथानाम गाली गर्दै लछार पछार गर्न पुग्यो । स्थिति चर्को हुदै जाँदा हत्यारा दानबहरुले एक्कासी आमाको टाउकोमा ताकी गोली प्रहार गरे । गोलीले बुढी आमा प्याउकली विकको निधार छेड्दै बाहिर गयो । आमा मुर्छापरी ढलिन,घर आगन रक्तामे भयो । गाँउघरमा रुवाबासी र हल्ला खल्ली भयो । त्यसपछि गाउँका सवै महिला दिदी बहिनी,केटाकेटी,बुढाबुढी त्यस्तो अवस्था देखेपछि आक्रोशित हुदै ढुङ्गा,मुडा,लाट्ठी,हसियाँ,बन्चरो,भाला खुकुरी लिएर विना कारण गरिएको दमनको चर्को प्रतिवाद गर्दै हत्यारा प्रहरीमाथि घेराहाल्दै असिना झै बर्सिए । जनताको आक्रोशको सीमा थिएन । शाहासि बहादुर महिलाहरु सशक्त प्रतिवादमा उत्रिएपछि दोहोरो भिडन्त भयो । सो क्रममा हत्याराहरुले निहत्था, निर्दोश महिलामाथि अन्धाधुन्ध दर्जनौ राउण्ड गोली बर्सायो । प्रतिरोधमा सहभागी थप ४जना क्रान्तिकारी महिलाहरु पुना विश्वकर्मा.,मंगला विश्वकर्मा, विजा विश्वकर्मा र गोरीकला विश्वकर्मा गम्भीर घाईते भए । त्यो अवस्था देखेपछि झनै आक्रोशित माल्कोटवासी जनताले घाईते बाघसरी हत्याराहरुमाथि आक्रमण सुरु गरे । माल्कोट विथलडाँडा युद्ध मैदानमा परिणत भयो । निशस्त्र जनताले सशस्त्र हतियारधारीसंग सशक्त प्रतिवाद जारी राखे । दुश्मन आतंकित हुदै भाग्ने तिर गयो । जनताले दसैंको राँगो लखेटाई गर्न पुग्यो । दुश्मन रहगाड हुदै कोटवाडा तिर भाग्न थाल्यो । ‘जनता जागे भने घमण्डी पहाडहरु पनि झुक्छन’ भने झै जनताले छोड्ने कुरै आएन । उता कोटवाडाबाट पनि जनताले भागिरहेका दुश्मनलाई घेरावन्दी गरिरहेका थिए । थप कुमालगाँउ,लालुबाट पनि सयौ जनता दुश्मनसंग बदला लिन रहगाड र कोटवाडामा जम्मा भए । जनआक्रमक प्रतिरोधबाट निकै आतंकित भएको दुश्मन कोटवाडाको अमनाको भिर पाखोमा भएको ओडारमा स्याल झै गरी लुक्न पुग्यो । जनताले नजिकैबाट घेरा कस्दै गए । बदला भावले ओतप्रोत बहादुर जनताले गाली गलौज देखि आक्रमण जारी राखे । अनाहक गाँउलाई युद्ध स्थलमा परिणत गर्ने निर्दोश निहत्या जनतालाई गोलीको शिकार बनाउने हत्याराहरुलाई जनताले ओडारमै खर र पराल हाली दुम्सी पोले झै खरमा आगो लगाउदै ओढार भित्रै कैद गरे । घण्टौसम्म भएको जनसंघर्षको ज्वाला आगोको रापमा बदलियो । हत्याराहरुले ओढार भित्रैबाट एक्कासी फायरिङ्ग गर्दा कोटवाडा निवासी काली वहादुर विकको छातिमा गोली लाग्यो । उहाँले विरगति प्राप्त गर्नु भयो । आक्रोसित जनताले ओढारमा ३ जना हत्यारा प्रहरीलाई भष्म पारे । एकथान राइफल र गोलीहरु कव्जा गर्न सफल भए । वाँकी प्रहरी कता बेपत्ता भए पत्तो भएन । घटना सुन्दा हेर्दा जति बयान गर्दा पनि नपुग हुन्छ जस्तो लाग्छ । माल्कोटी दलित महिला र जनसमुदायले शाहसिक ,विरतापूर्ण ऐतिहाँसिक प्रतिरोध गर्न सफल भए । जसले सिङ्गो क्रान्तिकारीलाई पे्ररणा ,उर्जा र आशाको दिप प्रज्वलन गरेको छ । जनताका वैरी जसले इतिहासको प्रवाहलाई रोक्ने न्यायको आवाजलाई बन्दुकको भाषा वोल्दै दवाउने धृष्टता गर्दछन । तिनलाई खवरदारी गर्दै हाँक दिएको छ । जो विरतापूर्ण संघर्ष अजर र अमर रहने छ । जसको उद्देश्य अझै पुरा भएको छैन । प्रतिक्रान्तिकारी गद्धारहरुले धोका दिएका छन । कायरहरुले घुडा टेकेका छन । बहादुरहरु एकीकृत जनक्रान्तिमा दृढतापूर्वक लागिरहेका छन । ति महान शहिदहरुको सपना पुरा गर्न घाईते अपाङ्ग योद्धा,मुक्तिकामी ,न्यायप्रेमी जनसमुदायको सपना पुरा गरी छाड्ने संकल्प गरिरहेका छन ।
आगामी क्रान्तिको लागि शिक्षा
आजको सापेक्षतामा मालेमाको रक्षा, प्रयोग र विकास गर्दै अधुरो क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्तिमा होमिएको हाम्रो पार्टीले महान जनयुद्ध,जनसंघर्षका सकरात्मक शिक्षा लिनै पर्दछ । क्रान्तिकारी पार्टी नेतृत्व र सवै जनसंगठनलाई सुदृढ विकास गर्दै ,जनमुक्ति सेनाको आवश्यकताको स्तरमा गठन विस्तार आजको क्रान्तिका लागि झन अपरिहार्य बन्न गएको छ । विशेषतः उत्पीडित ,उपेक्षित जनसमुदाय,मध्यमवर्ग,प्रतिक्रान्ति भोगिरहेको नेपाली जनता ,देशभक्त शक्तिलाई शिक्षित तुल्याउने,संगठित गर्ने,र संघर्षमा सहभागी बनाउने ठोस नीति तथा कार्यक्रम नयाँ चरणमा उठाउनु पर्दछ । आज हामीले एक दुई थवाङ्ग र माल्कोट मात्र बनाएर पुग्दैन । गाउँ शहर सवैतिर विशाल जनसंगठनको घेरा तयार गर्नु पर्दछ । साथै चौतर्फि आक्रमण समग्र रुपमा सामाजिक फासिवाद र दलालहरुको विरुद्ध केन्द्रीत गर्नु आजको अनिवार्य आवश्यकत्ता बन्न गएको छ ।
– दलाल तथा सामाजिक फासिवादी शक्तिको समुल रुपले अन्त गर्ने स्पष्ट विचार,राजनीतिक सहित सुदृढ संगठन बाहेकको अर्को अचुक अस्त्र हुनै सक्दैन । आज हामीले यहि कुरामा विशेष जोडदिनु पर्दछ । साथै दुश्मनबाट हुने आकस्मिक हमलाको लागि आकस्मिक प्रतिरोध र योजनावद्ध प्रतिरोधका लागि तयारी अवस्थामा एकीकृत जनक्रान्तिका ज्यावललाई धार लगाइरहनु पर्दछ । अवको एकीकृत जनक्रान्तिमा यसको महत्व निकै बढेर गएको छ । ढिलाई नगरी यो मोर्चामा हिम्मत र शाहसका साथ लाग्नु पर्दछ । संगठनको रुपलाई सेनामा र संघर्षको रुपलाई समग्र युद्धमा बलल्नु पर्दछ । विथलडाँडामा भएको महिला प्रतिरोधमा हेर्दा जनताले कुशलतापूर्वक जनसंघर्षको मोर्चाबद्धशैली अपनाएर मोर्चा सम्पन्न गरेको छ । जनप्रविधिको पनि भरपूर प्रयोग भएको छ । गम्भीरतापूर्वक यो शिक्षा एकीकृत जनक्रान्तिमा जोड्नु पर्दछ ।
रगत ,पसिना र आँसुले क्रान्तिको मुल्य चुक्ता गर्न बलिदानलाई क्रान्तिको उर्जाको रुपमा लिन माल्कोटी महिला दिदी वहिनी र जनसमुदायले दृढतापूर्वक अवलम्वन गरे । सहिद भए ,घाईते भए,रगत बगाए, तर पनि बदला लिई छाडे । चुनौतीमा घुडा टेक्ने, ज्यानको भिख माग्ने,पद र पैसाको स्वार्थमा लिप्त जनयुद्धको उपलव्धीलाई लिलाममा विक्रि गर्न प्रतिक्रान्तिकारी गद्धारहरुलाई माल्कोटवासी दिदि वहिनीहरुले मुखै भरीको जवाफ दिएका छन । सचेत जनता इतिहासका निर्माता हुन भन्ने कुरा पुष्टि गरेका छन । जनता उठे भने जनसंगठनद्धारा प्रतिवाद भयो भने प्रतिक्रियावादीहरुका हतियार प्रविधि निश्काममा परिणत हुने कुरा पुष्टि गरेका छन । यो शिक्षालाई हामीले गम्भीरतापूर्वक लिनु पर्दछ । साथै वास्तविक जीवन र वलिदानीको उच्चतालाई नयाँ ढंगले कृतिमानी कायम गरेका छन । एकीकृत जनक्रान्तिमा रहेको हाम्रो पार्टीलाई २५औं जनयुद्ध दिवश र सहिद सप्ताहमा सहिद परिवारले भनेको कुरा विशेष स्मरण योग्य छ । “जेल जानु,नेल खानु,पर्दा बलिदानी गर्नु तर प्रचण्डको जस्तै जुत्ता नखानु हामी तिम्रो साथमा छौ” यो सन्देश नेतृत्वसम्म पुर्याई दिनु भन्नु भएको कुरा कम मार्मिक सन्देश होईन । यो सामान्य जिम्मेवारीको अभिव्यक्ति पनि होईन । यसको उच्च मुल्यवोध गर्न हाम्रो पार्टी प्रतिबद्ध छ । प्रतिक्रान्तिका मतियार जनयुद्धका उपलव्धीलाई कौडीको भाउमा विक्रि गर्ने नवदलालहरुलाई क्रान्ति र सहिदको सपना,जनता विर्सिदा के हुन्छ ? भन्ने चुनौती दिएका छन । यो हाम्रो पार्टीका लागि निकै ओजदार शिक्षा र सन्देश हो ।
जुन बेला पार्टीसंग जनप्रविधि वाहेक अरु केही थिएन । त्यही बेला माल्कोटबासी महिला समग्रमा भन्दा त्यो क्षेत्रका जनताले आधुनिक हतियार राइफल र गोली कव्जा गरी पार्टीलाई बुझाउन सफल भए । धन्य छ ती बहादुर महिला तथा क्रान्तिकारी जनसमुदायलाई । पार्टीले पनि तत्काल नगरेको शाहसिक कार्य गरे जसको जगमा पार्टीले आफुलाई सशस्त्र पार्दै लगेको थियो । आजका नवदलालले जनतालाई निशस्त्र पार्न विगत जनयुद्धमा कव्जा गरिएका हतियार र प्रविधि लिलाममा विक्रि गरी खाने, दुस्मनलाई बुझाउने काम गरेका छन । उचित बेलामा जनताले त्यसको जवाफ दिने छन । यसको मर्म र शिक्षालाई हाम्रो पार्टीले गम्भीरतापूर्वक ग्रहण गरिरहको छ ।
राष्ट्र र जनताको मुक्ति,न्याय,स्वाधीनता,समानता विरुद्ध जाने अत्याचारी लुटको शासन व्यवस्था कायम गर्न खोज्ने ,जनआवाजलाई बन्दुक,कानुन र शासनसत्ताको दुरुपयोग गरी कैद गर्ने, संसारका कुनै पनि प्रतिक्रियावादी सत्ता टिकेको एउटा पनि उदाहरण छैन । आज हाम्रो पार्टीमाथि प्रतिवन्ध लगाउने ,नेता कार्यकर्तालाई हत्या गर्ने, सयौलाई कष्टडी, जेल र नेलको चरम यातना दिने ,कानुनको हवला दिने ,वाक स्वतन्त्रताको वकवास गर्ने,त्यसको वुइ चढेर खिल्ली उडाउदै धोती लगाउने यो देशका नवदलाल तानाशाही राज्य व्यवस्था कदापि टिक्ने छैन । प्रतिरोध मोर्चामा आफू घाईते हुदा पनि ति महान क्रान्तिकारी महिला र जनताले उदम्य शाहस,सौर्य र कृतिमानी कायम गरे । आफ्नो अभिभावक काली व.विकलाई भौतिक रुपमै विदाई गरेपनि बलिदानलाई उर्जामा ,शोकलाई शक्तिमा वदले र दुश्मनसंग बदला लिएर छाडे । दुश्मनको सफाया गरिदिए । सचेत जनताको तागत के हो ? चिनाउन सफल भए । यो क्रान्तिकारी शिक्षालाई एकीकृत जनक्रान्तिमा दृढतापूर्वक अवलम्वन गर्दै स्थापित गर्नु पर्दछ ।
आज हाम्रो जनप्रिय नेपाल कम्युनिष्ट पार्टी समकालिन परिवेशको वैकल्पिक उदयमान राजनीतिक शक्ति हो । सामाजिक दलाल फासिवादी सत्ता र यसको कुनै पनि दमनचक्रलाई स्वीकार गर्दैन । यसको विकल्पमा वैज्ञानिक समाजवाद चाहान्छ । जसका लागि पार्टी एकीकृत जनक्रान्तिमा अहोरात्र खटिरहेको छ । साथै एकीकृत जनक्रान्तिका पाँच जादुगरी हतियारको तयारीमा दृढतापूर्वक अघि बढेको छ । यो भन्दा अर्को विकल्प छैन । नेपालमा अधुरो क्रान्ति पुरा गरी छाड्ने प्रतिवद्धता पुनः दोहोर्याउन चाहान्छौ । भेरी कर्णाली क्षेत्रमा पनि यसले आफ्नो मोर्चा सुदृढ गर्दै लगेको छ ।
अन्तमा, २०५४ साल चैत्र २६ गेतको ऐतिहासिक महिला प्रतिरोधका दिन क्रान्तिकारी महिलाहरुको मोर्चामा सहभागी भई आफ्नो अमूल्य प्राणको आहुति दिने महान सहिद काली वहादुर विश्वकर्माप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै शाहसिक प्रतिराधको क्रममा घाईते महान क्रान्तिकारी महिला योद्धा गोरीकला विश्वकर्मा (जो पछि हत्याराहरुले किलो सेरा टु नामक अप्रेसनमा हत्या गरे) उहाँ प्रति पनि हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।
घाईते अन्य महिलाहरु पुना विश्वकर्मा ,विजा विश्वकर्मा .,मंगला विश्वकर्मा र प्याउकली विश्वकर्माको शाहसिक कामको उच्च मुल्याङ्कन गर्दै विशेष स्मरणः सहित धन्यवाद ज्ञापन गर्दछु । त्यो प्रतिरोध संघर्षमा विभिन्न क्षेत्रबाट सशक्त भूमिका निवार्ह गर्ने महान क्रान्तिकारी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछु । तपाईहरुले देख्नु भएको सपना हाम्रो पार्टी कुनै पनि मूल्यमा पुरागरी छाड्ने प्रतिबद्धता जाहेर गर्दछ । आगामी एकीकृत जनक्रान्तिको मोर्चा अझै कठिन र चुनौतिपूर्ण हुनेछ । नयाँ तथा निर्णायक क्रान्तिमा एकरति पनि पछि नहटी साथ सहयोगको पूर्ण आसा सहित सम्पूर्ण क्रान्तिकारी जनसमुदायहरुलाई एकीकृत जनक्रान्तिको मोर्चामा दृढतापूर्वक सहभागी हुन आहवान गर्दछु । महान सहिदहरु,घाईते अपाङ्ग योद्धा,क्रान्तिकारी जनसमुदायको सपना साकार हुनेछ । दुष्टहरुको खुनी सत्ता ध्वस्त हुनेछ । जनताको विजय हुनेछन । देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना भई छाड्नेछ । यसको दृढतापूर्वक हाम्रो पार्टीले नेतृत्व गर्ने छ । लेखक, नेकपाका पोलिट व्यूरो सदस्य हुनुहुन्छ । (२०७६ चैत्रमा ज्वाला खवरमा प्रकाशित उहाँको यो लेख समय सान्र्दभिक ठानी पुनः प्रकाशित गरेका छौ )