स्वतन्त्र उम्मेदवारी द्धारा चुनाव उपयोग गर्ने निणर्य गर्दै नेकपा कालिकोटको वैठक सम्पन्न

२५ चैत्र,कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र रुपमा उम्मेदवारी दिएर उपयोग गर्न सकिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको १२ औं वैठकको निर्णयलाई पछ्याउदै वैठकले चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जान सकिने निर्णय गरेको हो ।
जिल्लाको सहिद स्मृति गाउँपालिका माल्लकोटमा विहिवार र सुक्रवार गरी दुई दिने वसेको तेस्रो पूर्ण वैठकले जिल्ला वाहिर रहेका सवै नेता कार्यकर्तालाई पनि जिल्लामा केन्द्रीत गर्ने निर्णय गरेको छ । जनता संग वनेको सम्वन्ध प्रगाड वनाउन, विग्रएको सम्वन्ध जोड्न र क्रान्तिको तयारी गर्न चुनाव उपयोग गर्न लागेको नेकपाले जनाएको छ ।

वैठकले वडा र टोल स्तरका कार्यकर्ता र जनताको सुझाव संकलन गर्ने र त्यसपछि स्वतन्त्र उम्मेदवारी टुङग्याउने निर्णय पनि गरेको जिल्ला इन्चार्ज कर्ण भण्डारीले जानकारी दिनु भयो ।

उहाँले वैठक सान्दार रुपमा एकमतका साथ निर्णय गर्दै सकिएको पनि जानकारी दिनुु भयो ।

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल हुन सक्ने दल र शक्ति संग चुनावी तालमेल गर्न सकिने पनि वैठकले निर्णय गरेको छ । वैठकले एमसीसी विरोध चरित्र भएका जो कोही उम्मेदवारलाई पनि सहयोग गर्न सकिने निर्णय गरेको छ ।

वैठक जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता र जिल्ला इन्चार्ज विराटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सेक्रेटरी रणदिपले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस