२५ बैशाख, कालिकोट । १ बर्ष २ बर्षको कुरा त सबैले सुनेका हौला । तर जन्मेको १८ बर्षसम्म पनि आफूलाई जन्मदिने बुवा चिन्न नपाउनु आश्चार्यको कुरा हो । यस्तै घटना सलमी खड्कालाई भएको छ ।
बुवा कुनै युद्धकालमा बेपत्ता पनि छैनन् । नेपाल भन्दा टाढा पनि छैनन् । जन्मदिने बुवा पदम खडका (सुवास) कालिकोटको रास्कोट बस्छन भने छोरी सलमी आमासंगै सुर्खेत वस्छन !
धेरैलाई लाई लाग्न सक्छ, त्यसो भए किन १८ बर्षसम्म पनि वुवा छोरीको भेटघाट हुन सकेन त ? यो स्वभाविक प्रश्न पनि हो । तर कारण एउटै हो अन्तरजातीय विवाह ! बुवा सुवास क्षेत्री थरका हुन भने आमा मिना रम्तेल दलित थरकी हुन ।
उनीहरु दुवै जनाविच तत्कालिन माओवादी जनमुक्ति सेनामा हुदा २०६२ साल भदौ १२ गते जाजरकोटमा जनवादी विवाह भएको थियो । विवाह भएको १ बर्षपछि शान्ति प्रक्रिया सुरु भयो । देशमा शान्ति प्रक्रिया सुरु भएपनि मिना र उनको छोरी सलमीलाई भने अशान्तिले छोयो ।
दलित भएकै कारण वारम्वार सुवासले श्रीमती मिनालाई टर्चर दिन थाले । सम्वन्ध विच्छेद गर्ने देखि विभिन्न वाहना बनाउन थाले ।
छोरी सलमी भने २०६४ सालमा आमा मिनाको पेटमै थिईन । सलमी कार्तिक ६ गते मात्र यो संसारमा पाईला टेकिन । उनलाई वुवा आमाको विवाद बारे थाहा हुने कुरा पनि भएन ।
उनी जन्मिनु कुनै दोष पनि होईन । तर वुवा सुवासले छोरी जन्मिनु ठुलो दोषको रुपमा लिएका छन । छोरी नजन्मिदै सुवास मिनावाट टाढा भए । मिनाले विभिन्न कठिनाईका साथ माईतीघरमै छोरीको जन्म दिईन ।
सलमी बुवा भएपनि वुवा विहिन टुहुरी जस्तै भईन । किनकी सलमीका वुवा सुवास उनको साथमा थिएनन् । सलमी ५ बर्षको हुने बेला मिना र सुवासको सम्वन्ध औपचारिक रुपमै विछोड भयो ।
सलमीलाई छोरीको रुपमा सुवासले कहिलै पनि स्वीकार गरेनन् । उनको आमा दलित भएकै कारण र दलित आमाको कोखबाट सलमी जन्मिएकै कारण सुवासले वास्ता गरेनन् ।
सुवासले माओवादी जनयुद्धको आदर्श तोडदै जातीय अंहकारको व्यवहार देखाए । जसका कारण छोरी सलमीले १८ बर्षसम्म पनि वुवा चिन्ने अवसर पाएकी छैनन् ।
नत सलमीले नारिकता नै पाएकी छन । उनको स्टाफ नर्स पढने चाहना पनि नागरिकता नभएका कारण रोकिएको छ । उनी अहिले जनमावि सुर्खेतमा कक्षा ११मा पढछन ।
उनको वुवा सुवासले अर्को विवाह गरिसकेका छन । आमा मिनाले पनि दोस्रो विवाह गरेकी छन । आमा मिना र वुवा सुवासले आ–आफ्नो बाटो समाते पनि छोरी सलमीको बाटो भने अन्धकार जस्तो छ । उनले आफ्नो अन्धकारको वाटो हटाउन अधिकारको लागि आवाज उठाउन थालेकी छन ।
छोरी सलमी खड्काले आमा दलित समुदाय भएकै कारण वुवाले आमा र आफूमाथि वेवास्ता गरेको दुखेसो पोखेकी छन ।
सलमीले अन्तरजातीय विहेकै कारण आफूले एउटा छोरीले पाउनुपर्ने पालनपोषण, शिक्षादिक्षा र रेखदेखबाट बञ्चित हुनु परेको ज्वाला खवरलाई बताएकी छन ।
उनले आफूलाई पालनपोषण र शिक्षा लिन गाह्रो भएको बताईन । केही समय आमाको सहयोगमा छुट्टै बसेर पढाइ लेखाइ पालनपोषण भएपनि आमाले अर्को विहे गरेर गएपछि अहिले कोही साहरा नभएको सलमीले बताएकी छन ।
उनले कहिलेकाही आमाले खर्चपर्च हेरिदिनु भएपनि आमाले अर्कैसँग विहे गरेर गएका कारण सधैं खर्च हेर्न नसकेको बताईन ।
सलमीले एउटा बाबाले छोरीलाई गर्नुपर्ने व्यवहार कहिल्यै नदिएको भन्दै अहिलेसम्म बुवाको कुनै सहयोग नपाएको खुलासा गरिनन् ।
उनले भनिन् ‘मैले १८ बर्षसम्म बाबा नै चिनेको छैन, मैले नागरिकतापनि पाएको छैन, मलाई अरु केही पनि चाहिएन, बाबा चिन्ह पाईहोस र नागरिकता पाईहोस् ।’
सलमीले एक पटक नागरिकताका लागि वुवालाई फोन गर्दा उल्टै धम्कि दिएको गुनासो गरिन् । उनले अहिले फोन गर्न समेत डर लाग्ने गरेको दुखेसो पोखिन । सलमीले अब बावा चिन्न पाउने वातावरण बनाई नागरिकता पाउने वातावरण बनाई दिन सबैमा आग्रह गरेकी छन ।
उनले आफूलाई पालनपोषण, शिक्षादिक्षा खर्च पाउनु पर्ने दाबी गरेकी छन । सलमीले पैतृक सम्पतिमा पनि एउटा छोरीको हैशियतले अंश पाउनु पर्ने माग गरेकी छन ।
उनले यसका लागि सबै अधिकारकर्मी, पत्रकार, राजनीतिक दल लगायतका सरोकारवाला व्यक्तिहरुले सहयोग गरिदिन अपिल गरेकी छन ।