समय सकियो पुल वनेन, नदीमार्फत लिदै गरेको स्र्काभेटर नदीमै अट्कियो

जेठ २५,कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ७ को भैँसिगौडा पक्की पुलको सिलान्यास भएको ५ वर्ष बितिसक्दा पनि पुलको निमार्ण कार्य अधुरौ छ ।

भैँसीगौडामा समयमा पुल नवन्दा नदी मार्फत लिन लागेको स्र्काभेटर नदीमै थन्कीयो तस्वीरः ज्वाला खबर ।

२०७२ साल चैत्र महिनामा तिला नदी माथि पक्की पुल वन्ने सम्झौता भएर काम सुरु भएपनि पुल अझै नवन्दा चिल्खायाका नागरिकहरुको पुलमाथिको यात्रा गर्ने सपना जस्तै भएको छ ।

एलआर डिपिको लगानीमा पुल वन्ने खवर गाउमा पुगे देखि चिल्खाया वासि पुल वने सडक यात्रा गर्न पाउने तिव्र प्रतिक्षामा वसेका छन । तर पुल वनी सक्ने सम्झौता मिति गत चैत्र मसान्तमा सकिसक्दा पनि पुल वन्ने सुरसार छैन । पुलको यता र उता बिम वाहेक अरु केही पनि तयार नभएको देख्दा चिल्खायाका वासिन्दा निकै चिन्तामा छन ।

तिलागुफा नगरपालिका वडा नं ९, १० र ११ गरी तिन वडा साविकको चिल्खाया गाबिसमा पर्छ । पर्यटकिय क्षेत्र रुडुवन्चु पनि त्यही हो । त्यहा जानका लागि भैँसिगौडामा पिल्लर ठडाएको पुल प्रयोग गरेर जानु पर्छ । तर पुल नहुदा काठेपुलको जोखिम यात्रा गदै थोरै मात्र पर्यटकहरु जाने गरेको वडा नं ९ का अध्यक्ष नरेन्द्र रोकायाले वताउनुभयो ।

पुल वन्ला र धेरै पर्यटकको चाप वढ्ला भन्ने आसा अझै एक वर्ष सम्म अधुरै हुने उहाँको भनाई छ । पुल वनेमा १२ महिना यातायात मार्फत घर जान सकिने सडक बिस्तार भएको छ । त्यही पुलले गर्दा नागरिकहरुले तीन घण्टाको जोखिमपुर्ण पैदल यात्रा गर्नु परिरहेको छ ।

यता पुल निमार्ण गर्ने जिम्मा लिएको अमर कन्ट्क्सन प्रालि काठमान्डौले वजेटको अभावका कारणले पुल समयमा वन्न नसकेको वताएको छ । अमर कन्ट्क्सन प्रालिको फमवाट वोलपत्र हाली ठेक्का पाउनु भएकी निमार्ण ब्यवसायी तारा शाहले सम्झौता मिति त सकियो, तर वजेट छैन कसरी वनाउने भन्दै जवाफ दिनुभयो ।

गत माघ ठेकेदार शाहले अव चैत्त मसान्त भित्र जसरी पनि पुल निमार्ण सक्ने वताउनु भएपनि चैत्र भन्दा जेठ लाग्दा पनि पुल जस्ताको तस्तै छ । चिलखायाका वस्तीमा सडक खन्नलाई तिला नदीवाट लिदै गरेको स्र्काभेटर पनि नदीमै अट्किएको छ ।

पानीको वहाव धेरै भएकाले बिच नदीमै स्र्काभेटर रोकिए, धन्न चालकलाई भने वचाउन सफल भयौँ, एमडि कन्ट्शनका प्रतिनिधि मनराज शाहीले वताउनुभयो ।

पुल वनेको भए पुलवाटै स्र्काभेटर लिदा आफ्नो ठुलो क्षदी नहुने उहाँको भनाई छ । गत वैशाख ७ गते स्र्काभेटर तिलानदीवाट लैजादै गर्दा नदीमै अट्किएको हो ।

कन्ट्क्शनले दैनिक ८ घण्टाको भाडा दिने सहमति गरे स्र्काभेटर भाडामा ल्याएको थियो । तर के गर्नु एका तिर स्र्काभेटर गुम्यो, अर्कोतिर भाडा तिर्नु पर्नेभयो । यही पुल नबनेका कारणले दुई करोड भन्दा वढी घाटामा आफ्नो कम्पनी परेको शाहीले वताउनुभयो ।

तीन करोड ७८ लाखको लागतमा वन्ने सो पुलको हाल सम्म एक करोड ५० लाख मात्र भुक्तानी आएको ठेकेदार तारा शाहीको भनाई छ ।

अरु पैसा समयमा आएमा काम पनि तुरुन्त हुने थियो, पैसा आएन म कसरी काम पुरा गरौ शाहको जवाफ छ । पुल शिलान्यास भएको ६ वर्ष पुग्दैछ । २०७० सालको संबिधान सभा चुनावमा नेपाली काग्रेसवाट प्रत्यक्ष तर्फका उम्मेदवार युवा नेता भुपेन्द्रजंग शाहीले भैँसिगौडा पुलको सिलान्यास गर्नु भएको थियो ।

बिना वजेट उहाँले पुलको सिलान्यस गदै यहाँ पुल लगाउने प्रतिवद्धता गर्नु भयो । तर हाल सम्म पुल नवन्दा चिलखायावासि निकै दुखि छन ।

प्रतिक्रिया दिनुहोस