२५ जेठ,कालिकोट । कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले दुल्लुदेखि कालिकोट मान्मसम्मको ३३ केभी राष्ट्रिय प्रसारण लाइनको बिस्तार गरेसंगै राष्ट्रिय प्रसारण लाईन जिल्लामा पुगको हो ।
जिल्लामा राष्ट्रिय प्रसारण लाईन पुगपछि जिल्लावासीहरु खुसी भएका छन । लामो समय देखि अन्धकारमा वस्नु पर्ने वाध्यता समेत अव अन्त्य हुने जिल्लावासीहरुले विश्वास गरेका छन । जिल्ला स्थित सवै पार्टीका नेताहरुको पहलमा राष्ट्रिय प्रसारण लाईन पुगेको हो ।
कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको खबर पाएपछि नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख कुलमान घिसिङ्गले समेत खुशी व्यक्त गर्नु भएको छ ।
उहाँले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीज्यू ऊर्जामन्त्री बनेपछि उहाँले आफ्नो निर्बाचन क्षेत्र कालिकोट लगायत साबिकको कर्णालीमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउने योजना सार्बजनिक गर्नुभएको थियो । ढिलै भएपनि त्यो योजना अहिले कार्यन्वयन भयो, यो खुशिको कुरा हो भन्नु भयो ।
विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेखराज जोशीले अहिले सदरमुकाममा मात्रै बत्ति जोडिए पनि केही समयभित्र रास्कोट नरगपालिका, नरहरीनाथ गाउँपालिका र खाडाचक्र नगरपालिकाका स्थानीयले समेत विद्युत बाल्न पाउने वताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस