रास्कोट दुर्घटनाका जीप चालक प्रहरी नियन्त्रणमा

 

२५ जेठ,कालिकोट । रास्कोटको सेरामा आज विहान भएको जीप दुर्घटनाका जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वराहताल गाउँपालिका ९ सुर्खेत घर भएका जीप चालक २१ वर्षिय विनोद दर्लामी मगरलाई रास्कोट इलाका प्रहरी कार्यालयवाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार विहान सवा ७ वजेतिर ग १ च ४६१० नम्बरको डबल क्याप जीपलाई न्युटल स्टाटमा राखेर जीप चालक मगर वाहिर गएको वेला जीप पछाडि गुडेर दुर्घटना भएको हो ।

जीप धनी देवनाराण योगीले दुर्घटना के कसरी भयो भन्ने वारे आफु जानकार नभएको वताउनु भएको छ ।

जीप सडकवाट करिव ३ सय मिटर तल खस्दा जिते पुग्न जीप भित्र वसेका रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मनबहादुर शाही र उहाँकी श्रीमती ३६ वर्षीय मनकुमारी शाहीको घटनास्थलमा मृत्यु भएको कालिकोटका डिएसपी जयस्वर रिमालले जानकारी दिनु भयो ।

दुर्घटनामा २२ वर्षीय रिता शाही गम्भीर घाइते हुनु भएको छ । उहाँलाई घटना भएको तीन घण्टा पछि हेलिकोप्टरबाट उद्दार गरी थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाईएको छ ।

घटना रहस्यमय भएको भन्दै गहिरो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस