तीन बुँदे सहमति यथाशिघ्र कार्यान्वयन गर्न प्रवक्ता प्रकाण्डको प्रधानमन्त्री देउवा संग माग

२३ भाद्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति यथाशिघ्र कार्यान्वय गर्न सरकार संग माग गरेको छ ।

विहिवार नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवा संग भेट गर्दै यस्तो माग गर्नु भएको हो । प्रधानमन्त्री देउवा र प्रवक्ता प्रकाण्ड बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जीका साथै झुठा मुद्दा खारेज र राजबन्दी रिहाइका बिषयमा सरकारले तदारुकताकासाथ कदम चाल्नु पर्ने र तीन बुँदे सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्नु पर्ने नेकपाले माग गरेको छ ।

नेकपाले सरकारले यदि तीन बुँदे कार्यान्वयनमा गम्भीरता नदेखाए त्यसवाट उत्पन्न हुने अवस्थाको जिम्मेवार वर्तमान सरकार हुनुपर्ने भन्दै प्रधानमन्त्री देउवालाई सचेत गराएको छ ।

भेटमा प्रधानमन्त्री देउवा संगै सरकारका गृहमन्त्री वालकृष्ण खाडको समेत सहभागिता रहेको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले तीन वँुदे सहमति कार्यान्वय गर्न सरकार तयार रहेको प्रतिवद्धता जनाउनु भएको छ ।

नेकपाले भने तीन बुँदे सहमति बिपरित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रकाण्डलगायतका नेता – कार्यकर्तामाथि जारी गरिएको पक्राउ पुर्जी र त्यसले निम्त्याएको नकारात्मक परिस्थिति वारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै यसलाई नियन्त्रण गरी सकारात्मक वातावरण वनाउन आग्रह गरेको छ ।

यसअघि गृहमन्त्री खाँड संग समेत प्रवक्ता प्रकाण्डले छुट्टै ध्यानाकर्षण गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस