पक्राउ पुर्जी खारेज र सहमति लागू गर ः एटम

२३ भाद्र,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत दैलेख इन्चार्ज एटम विसीले पक्राउ पुर्जी खारेज गर्न र सहमति लागू गर्न सरकारलाई सुभाव दिनु भएको छ ।

विहिवार नेपाल कम्युनिष्ट पार्टी सुर्खेतको चौथो जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा उद्घाटन गर्दै नेता एटमले तिनबुँदे सहमति कार्यान्वयन नगरे गम्भीर अवस्था आउने चेतावनी दिनु भयो ।

नेता एटमले दलाल पूँजीवादी राज्य व्यवस्था असफल भएकाले त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य भएको भन्दै नेकपाले एकीकृत जनक्रान्तिको माध्यमवाट वैज्ञानिक समाजवाद ल्याएर छोड्ने आवश्वासन दिनु भयो ।

उहाँले राज्यको पुँजी माथि दलालहरूले खुल्लम खुल्ला लुटपाट गरिरहेको आरोप लगाउदै बजारमा आर्थिक मन्दी देखाएर मुठ्ठीभर दलालहरूले बोरामा पैसा लुकाईरहेको वताउनु भयो ।

अवसरवाद ,जनघात र राष्ट्रघातका विरूद्ध संघर्ष गरौ । वैज्ञानिक समाजवादका लागि चौथो जिल्ला सम्मेलन सफल पारौ । भन्ने मुल नाराका जिल्ला सम्मेलन शुरू भएको छ । सम्मेलनको वन्दसत्रले नयाँ नेतृत्व निर्वाचित गर्ने नेकपाले वताएको छ ।
सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा अखिल नेपाल किसान संगठनका केन्द्रीय उपाध्यक्ष . काली बहादुर शाही,वेपत्ता तथा सहिद परिवारकी केन्द्रीय उपाध्यक्ष योजना ,श्रमिक संगठनकी केन्द्रीय सदस्य निर्मला , सहिद परिवार बाट कामनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी . धुब्रले गर्नु भएको थियो भने कार्यक्रम संचालन जीतले गर्नु भएको छ । सम्मेलनमा जिल्ला भरीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस