तीन बुँदे सहमति उल्लंघन नगर्न नेकपा नेता अनिलको चेतावनी

२३ भाद्र,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले सरकारलाई तीन बुँदे सहमति उल्लंघन नगर्न चेतावनी दिनु भएको छ ।

विद्यार्थी साधारण शाखाको दोस्रो सम्मेलनलाई विहिवार काठमाडौंमा उद्घाटन गर्दै नेता अनिलले सरकारले तीन बुँदे सहमति विरुद्ध नेताहरुका नाममा पक्राउ पुर्जी जारी गरी बदमासी गरेको आरोप लगाउनु भयो ।

उहाँले युवा विद्यार्थीहरु परिवर्तनको संवाहक भएको भन्दै वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा युवा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने जिकिर गर्नु भयो ।

 

अहिले सरकारले तीन बुँदे सहमति कार्यान्वयमा आलटाल गरिरहेको प्रति आपत्ति जनाउदै नेता अनिलले सरकारलाई सहमति कार्यान्वयन गराउनका लागि युवा विद्यार्थीहरुको ठुलो दबाव आवश्यक रहेको औल्याउनु भयो ।  कार्यक्रममा नेकपा नेता चिरन पुनले दोस्रो साधारण शाखा सम्मेलनको शुभकामना दिदै युवा विद्यार्थीहरुले पार्टीको लागि पिल्लरको काम गर्ने गरी अगाडि वढन सुझाव दिनु भयो ।
कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, अनेरास्ववियू (क्रान्तिकारी)का पूर्व अध्यक्ष चिरनजीवी ढकाल,युवा संगठन नेपालका महासचिव सावित्रा अधिकारी, ट्रेड युनियन महासंघका संयोजक श्याम सेन्चुरी, प्रवास संगठनका विश्व शाह लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव ललित विकले गर्नु भएको थियो भने स्वागत मन्तव्य अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस