नागरिकता विधेयक शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेकपाको ध्यानाकर्षण

भाद्र २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नागरिकता विधेयकलाई शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतासँग अभिन्न रुपमा जोडिएको नागरिकतासम्बन्धि विधेयकको सवालमा उठेका संवेदनशील र गम्भिर मुद्दाहरुको निरुपण गर्न जरुरी भएको भन्दै ध्यानाकर्षण गराउनु भएको हो ।

प्रवक्ता प्रकाण्डले नेपाल सरकारले संसदमा पेश गरी पारित गरेको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक’ राष्ट्रिय रुपमा सबभन्दा बढी बहस, विवाद र विरोधको मुद्दा बन्न पुगेको उल्लेख गर्दै ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नवालक र अंगिकृत नागरिकता’को विषय त्यसको केन्द्रमा रहन गएको वा नागरिकता भनेको जनताको अधिकार र राष्ट्रियताको अहम् मुद्दा भएको ठोकुवा गर्दै हिमाल, पहाड, तराई, मधेशका सबै नेपाली नागरिकले निर्विवाद रुपमा नागरिकता प्राप्त गर्नु पर्ने बताउनु भयो ।

विज्ञप्ती पुर्णपाठ

प्रतिक्रिया दिनुहोस