मुगुमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न 

२२ कार्तिक, मुगु । जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोद्धारा गमगढीमा आयोजना गरिएको आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

कार्तिक १९ गतेबाट सञ्चालित आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बाेल्दै नेकपाका केन्द्रीय सदस्य तथा मुगु जिल्ला इन्चार्ज समाज सीले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्दै जनताको पक्षमा समाचार लेख्न प्रशिक्षार्थीहरुलाई सुझाव दिनुभयो

कार्यक्रममा जनपत्रकर संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले बर्गीय पक्षधरमा पत्रकारिता पेशा आधारित भएकाले श्रवहारावर्गको पक्षमा कलम चलाउन सहभागीहरुलाई सुझाव दिनुभयो ।

उहाँले तालिमलाई सफल पार्न भूमिका खेल्ने जनपत्रकार संगठनको उत्तर कर्णाली ब्युरो र नेकपा मुगुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले तालिम राम्रो भएको र सिकेको कुरा व्यवहारमा लागु गर्ने बताए ।

प्रशिक्षार्थीहरू दिनेश ऐडी, चन्द बिक, रामचन्द्र र संगितले तालिमको अनुभूति राख्दै तालिम निकै राम्रो रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।

तालिममा समाचार लेखन, संकलन, रिपोर्टिङ र पत्रकारिताको बारेमा प्रशिक्षक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य शाेभराज बराल र कर्ण विश्वकर्माले सहजिकरण गर्नुभएको थियो ।

तालिममा उत्तर कर्णाली ब्युरोका करिब एक दर्जन बढी  प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

जनपत्रकार संगठन नेपालका उत्तर कर्णाली ब्युरो इन्चार्ज उपेन्द्र रावलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नवीन विकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस