रोल्पाका एक पुरुषको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु


कात्तिक २३, बाँके । रोल्पाका एक जना ५६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
जिल्लाको रोल्पा नगरपालिका वडा नं. ४ का ती पुरुषको गएराति १२ ः १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उहाँलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ बिगत एक वर्षदेखि जन्डिसको विरामी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतकको शवको व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ ।
यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जसमा ३५ जना बाँकेका र २९ जना बाहिरी जिल्लाबाट उपचारका लागि गएकाहरू रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस