‘जनमतसंग्रह’को चुनावमा जनतालाई एक ढिक्का हुन प्रकाण्डको अपिल


२२ कार्तिक,कालीकोट । नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनमतसंग्रहको चुनावमा कालीकोटे जनतालाई एक ढिक्का हुन अपिल गर्नु भएको छ ।

माल्कोटको सेरापाटामा आईतवार नेकपा कालीकोटले आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थाको विकल्प जनताको वैज्ञानिक समाजवाद भएकाले जनमतसंग्रहको चुनावमा एक ढिक्का भएर पार्टीलाई सहयोग गर्न जनतालाई अपिल गर्नु भयो ।

उहाँले आफ्ना पार्टी माथि जनताले ठुल्लो आसा गरेको भन्दै जनताको आसा निरासामा परिणत हुन नदिने प्रतिवद्धता जनाउनु भयो । जनयुद्ध र एकीकृत जनक्रान्तिमा कालीकोटे जनताले ठुलो वलिदानी गरेको स्मरण गर्दै फेरी पनि पूर्ण परिवर्तनको लागि जस्तो सुकै त्याग गर्न उहाँले आग्रह गर्नु भयो ।

नेता प्रकाण्डले जनयुद्धका वेला आसा गरेका नेता प्रचण्ड वावुरामहरु घुमिफिरी उहि संसदीय व्यवस्थामा झिरेको र जनयुद्धका सवै उपलव्धीहरु प्रतिक्रियावादीलाई आत्मासमर्पण गरेर वुझाएकाले जनतालाई धोका भएको वताउनु भयो ।

विश्वको इतिहाँसमा नेपालवाट मात्रै मुल नेतृत्वले क्रान्ति विजय विजय हुने वेला प्रतिक्रान्ति गरेको दुखद घटना भएको भन्दै उहाँले दोस्रो तहका नेताहरुले नेपालमा फेरि वाँकी क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्ति गर्नु परेको प्रष्ट्याउनु भयो ।

आफ्नो पार्टीले प्रचण्ड वावुराम जस्तो जनतालाई कहिलै पनि धोका दिन नसक्ने भन्दै उहाँले वरु आफुहरु खरानी हुन तयार भएको र जनता,सहिद परिवार,वेपत्ता,घाईते योद्धा लगायतको सपना कहिलै विर्सन नसक्ने र पुरा गरिछाड्ने वाचा गर्नु भयो ।

जनसभामा नेकपाका केन्द्री सदस्य एटमले अव नेपाली जनताको सपना आफ्नो पार्टीले वैज्ञानिक समाजवाद वाट पुरा गर्ने ठोकुवा गर्नु भयो ।
जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विराटले इतिहाँसको निमार्ता जनता भएको भन्दै प्रतिक्रान्ति गरि जनतालाई धोका दिने प्रचण्ड वावुरामहरु कुनै दिन जनतावाट दण्डीत हुने वताउनु भयो ।

नेकपाका केन्द्रीय सदस्य वलवान र विवेकले अहिलेको निकास जनमतसंग्रह भएको वताउनु भएको छ । जनसभाको विच विचमा जनकलाकारहरुले रोचक क्रान्तिकारी गित संगीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी रणदिपले गर्नु भएको थियो भने सभाध्यक्षता विराटले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस