वर्दियामा जनएकता अभियानको उद्घाटन, सहिद परिवार लगायत जनता संग भेटघाट

२२ मंसिर,वर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जनतासंगको सम्वन्ध प्रगाड वनाउन र वैज्ञानिक समाजवादका वारे जनतालाई वुझाउन जनएकता अभियान सुरु गरेको छ ।

मंगलवार जिल्लाको वढैयाताल गाउँपालिकाको भवानीपुरमा एक कार्यक्रमको आयोजना गरि अभियानको उद्घाटन गरेको हो ।
“वैज्ञानिक समाजबादको लागि जनमत, जनमतसंग्रहका लागि जनएकता अभियान” भन्ने मुल नाराका साथ अभियानको उद्घाटन गर्दै जनता,शिक्षक,सहिद परिवारलाई भेटघाट अभियान सुरु गरिएको छ ।

अभियानको विशेष समिति सदस्य तथा अभियान टिम प्रमुख शितलको प्रमुख आतिथ्यता र बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, किसान संगठनका जिल्ला संयोजक कैलासको उपस्थितिमा स्थानीय जनतामाझ उद्घाटन गरिएको जनाइएको छ ।

अभियान उद्घाटन लगत्तै नेपाल कम्युनिष्ट पार्टीले भवानिपुर बस्तिमा रहेका मुस्लिम र मधेसी समुदाय बिच भएको जग्गा बिबादको मुद्धा दुवैपक्षको सहमतिमा समाधान गरेको छ । जसले स्थानीयवासी हर्षित भएका छन ।

यस्तै अभियान टिमले बढैयाताल गाउँ पालिका वाडा न. ३ को एक विद्यालयका प्रअ र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संग अहिलेको शैक्षिक अवस्थवारे छलफल तथा अन्तरक्रिया गरेको छ ।

जनएकता अभियानकै क्रममा मंगलवार बढैयाताल गाउँपालिका वाडा न.३ सिमरामा दस वर्षिय जनयुद्का क्रममा सहिद हुनु भएका सहिद पुष्पराज अधिकारको घरपरिवार संग अभियान टिमले भेटघाट गरेको छ ।
भेटघाटका क्रममा अभियान टिमका प्रमुख शितलले सहितको सपना आफ्नो पार्टीले नर्विसेको भन्दै पुरा गर्ने वाटोमा लागि गरेको वताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस