२५ पुस, कपिलवस्तु । नेकपा (माओवादी)का केन्द्रीय सदस्य प्रेम सीले बालेन रवीहरु विदेशीहरुको नयाँ ग्राईन डिजाईनमा आएको दाबी गर्नु भएको छ ।
विहिवार ज्वाला खवरसंगको अन्तरवार्तामा नेता प्रेमसीले नयाँ शक्तिको नाममा बालेन रवी कुलमानहरु विदेशीहरुको नयाँ ग्राईन डिजाईनमा आएको दाबी गर्नु भएको हो ।
उहाँले साम्राज्यवादको गोटी बनेर आउनेहरुले देश समाल्न नसक्ने ठोकुवा गर्दै बरु उनीहरुले देशलाई युक्रेन बनाउने बताउनु भयो ।
नेता प्रेम सीले अहिलेको कठपुतली सरकार खारेज गरी नयाँ सर्वपक्षीय सरकार बनाउन तिर जानु पर्ने जिकिर गर्नु भयो ।
उहाँले उच्च स्तरीय नागरिक आयोग बनाई भ्रष्टहरुको छानविन गर्नुपर्ने, उच्च स्तरिय नागरिक न्यायीक अदालत बन्नु पर्ने र भ्रष्टाचारीलाई आजिवन कारावासको सजाय हुने व्यवस्था गर्नुपर्ने विचार राख्नु भयो ।
नेता प्रेम सीले देशलाई नयाँ राजनीतिक प्रणालीमा लिनको लागि संविधानको पूर्नलेखन गरेर राज्यको पूर्नसंरचना गर्नु पर्ने बताउनु भयो ।
उहाँले नयाँ प्रणालीबाट मात्र देशमा सुशासन स्थापित हुने विश्वास व्यक्त गर्दै जनचेतना फैलाउन र जनतालाई जागरण गर्न पार्टीले अभियान चलाएको बताउनु भयो । उहाँसंगको कुराकानी ज्वाला खवरको पेजमा आज दिउसोसम्म आउने छ । सुन्नु होला ।