श्रीमानको हत्या गरी श्रीमतीको आत्महत्या


२५ पुस, काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गर्नु भएको छ । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गर्नु भएको हो ।
उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किनु भएको थियो । उहाँहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आउनु भएको थियो । सुर्खेत घर भएका उहाँहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।
गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला पर्नु भएको थियो भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला पर्नु भएको थियो । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उहाँको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताएका छन ।
‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर हत्या गरेको पनि देखिँदैन,’ ती अनुसन्धान अधिकृतले भन्नु भयो ‘श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।’
यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिनु भयोे ।

प्रतिक्रिया दिनुहोस