२७ माघ कालिकोट । कालिकोटमा नेपाल मगर संघ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुभकालिका गाउँपालिका वड नं.१ छातिमा मंगलवार एक कार्यक्रमका बिच अधिवेशन सम्पन्न भएको हो ।
गोबिन्द्र रोकामगरको अध्यक्षमा सम्पन्न भएको अधिवेशनमा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका ईन्चार्ज खगेन्द्र पुन मगर ,नेपाल मगर संघ केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश ईन्चार्ज टेक रामजालि मगर र शुभकालिका गाउापालिका वड नं. १ का वडा अध्यक्ष बिर बहादुर बुढा मगरको वोल्नु भएको थियो ।
वक्ताहरुले मगर संस्कृती लाई जगेर्ना गर्न मगर समुदायले एकजुट भएर लागि पर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस