नेकपा महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

माघ २६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता भएको छ ।

महासचिव विप्लव र प्रधानमन्त्री एवम् नेकपा माओवादी( केन्द्र) का अध्यक्ष प्रचण्ड बिच प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १०:३० भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा महासचिव विप्लवले विगतमा सरकार र नेकपा वीच भएको ३ बुदे सहमति कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराउनु भयाे ।

सहमति अनुसार नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्ने वारे भएका सहमति र निर्णयहरु अगाडि बढाउन विगतका सरकारले आनाकानी गरेको भन्दै याे सरकारले तदारुकता साथ लिनुपर्ने बताउनु भयो ।

मुलुकको जटिल र संकटपुर्ण आर्थिक, राजनीतिक परिस्थिति नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकताबारे भेटमा महासचिव विप्लवले कुराकानी गर्नु भएको थियो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्ने बारे राजनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक भएको बताउनु भयाे ।

सरकार र नेकपा वीच ३ बुदे सहमति भएको करिव २ वर्ष पुग्न लाग्दा समेत नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताका नाममा राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु अझै फिर्ता लिइएको छैन भने ३९ जना कार्यकर्ताहरु अझै जेल जीवन बिताइरहेका छ ।

प्रतिक्रिया दिनुहोस