२५ फागुन,कालिकोट । तकालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर वनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले खारेज गरेपछि पूर्ववत अवस्थामा दुवै पार्टी व्युँतिएका छन ।
सर्वोच्च अदालतले निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको ऋषि कट्टेल नेतृत्वको नेकपा भएकाले केपी ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र मिलेर वनेको नेकपा (नेकपा) आईतवार खारेज गरेको आफ्नो फैसलामा उल्लेख गरेको छ ।
नेकपा (नेकपा) खारेज संगै देशभर विभिन्न जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्दको नामामा होडिङ्ग वोर्डहरु राख्दै पार्टी कार्यालयहरु खुल्न थालेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले मंगलबार कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्म स्थित नेकपाको पार्टी कार्यालयलाई नेकपा एमालेको पार्टी कार्यालय भनेर होडिङ्ग वोर्ड टाँसेको छ ।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेको नेकपाको होडिङ्ग वोर्ड भने हटाईएको छ ।
एमालेका नेताहरुको उपस्थितिमा एमालेको जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको घोषणा गरिएको छ ।
केपी ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र २०७५ साल जेठ ३ गते पार्टी एकता गरि नेकपा (नेकपा) नाम राखेका थिए ।
तर पार्टी भित्रको विवाद वढदै जाँदा नेकपा भित्र तीव्र असन्तुष्टि फैलियो र नेकपा फुटहुने अवस्थामा पुग्यो ।
पार्टीको आधिकारीकताका लागि एक अर्कोले आ –आफ्नो दाबी गर्दै केपी ओली समुह र प्रचण्ड नेपाल समुह रस्साह कस्सिमा लाग्यो ।
अन्ततः सर्वोच्च अदालतले ऋषि कट्टेको मुद्धाको सुनुवाई गर्दै ओली प्रचण्डले वनाएको नेकपा (नेकपा)लाई नै खारेज गर्यो ।
त्यसपछि एमाले –एमाले तिर माओवादी –माओवादी तिर हुुनु पर्ने वाध्यात्मक अवस्था आएकाले पुन एमाले र माओवादी केन्द्रका नाममा पार्टी कार्यालयहरु स्थापना हुन थालेका हुन ।
सोही क्रममा कालिकोटमा पनि एमालेको पार्टी कार्यालय स्थापना भएको एमालेले जनाएको छ ।