युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी सर्वसम्मत निर्वाचित

चैत २७ कैलाली । नेपाल कम्युनिस्ट पार्टी निकट साहायक संगठन युवा संगठन नेपालकाे केन्द्रीय अध्यक्षमा दिनेश सी सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबारदेखि शुरूभएकाे सम्मेलनले आज सर्वसम्मतमा अध्यक्षतामा दिनेश सी सहित १३३ सदस्यीय केन्द्रीय समिति चयन गरेको हाे ।

जसको उपाध्यक्ष विश्लेषण सी, महासचिव सुवाश सी, सचिव अनिल सी र कोषाध्यक्ष जिवनी सी रहेका छन् ।

सम्मेलनले ११ जना पछि मनोनित गर्नेगरी १३३ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत पारित गरेको छ ।

नवनिर्वाचित केन्द्रिय समितिलाई सपथ ग्रहण सँगै अविर लगाएर महासचिव विप्लवले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस