२७ चैत्र, कालीकोट । नेपाल पत्रकार महासंघको देशैभर एकसाथ हुने भनिएको चैत्र २५ गतेको निर्वाचनमा कालिकोट शाखामा निर्विरोध जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।
भरतराज विष्टको अध्यक्षतामा १९ सदस्सीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा नमराज योगी, महिला समावेशी उपाध्यक्ष राधिका वराल (शाही),सचिव खडानन्द अधिकारी,कोषाध्यक्ष रमेश सुनार,सहसचिव (खुल्ला) रमेश वोगटी, समावेशी सह सचिव कर्ण कुमाल लगायत सवै जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
अग्रज पत्रकार तुलाराम पाण्डे,कालि वहादुर मल्ल,वसन्त विक,असोकनाथ योगी,कृष्ण धमाला राजनैतिदलका तर्फ वाट दमनराज शाही,खेमसिंह,लगायतको गहन छलफल र वहस वाट सहमतिको वातावरण वनेपछि पत्रकार महासंघको नयाँ कार्यसमिति निर्विरोध भएको हो ।
जिल्लामा सहमतिले पत्रकार महासंघको निर्वाचन सकिएपछि जिल्लाावासी भने सवै हर्षित भएका छन । पत्रकार भित्र पनि कोही कसैको हार नभएर सवैको जित भएको महसुस भएको छ ।
जिल्ला कार्य समिति संगै ७ जना प्रदेश परिषद सदस्य र ३ जना संघीय परिषद सदस्य पनि निर्विरोध निर्वाचित भएका छन । विहिवार साझ प्रतिमाचोकमा घोषणा तथा विजय र्याली सहितको कोण सभा गरि निर्वाचित टिमलाई शुभकामना तथा वधाई दिएको छ ।
सभामा जनपत्रकार संगठनका वसन्त विकले सवै पत्रकारको जित भएको भन्दै महासंघ साझा हुनेमा विश्वास व्यक्त गर्नु भएको छ । उहाँले नयाँ कार्य समितिलाई वधाई दिदै आगामी कार्यकाल सफलताको शुभकामना दिनु भयो ।
पत्रकार अशोकनाथ योगीले कालिकोटमा पत्रकारहरुले सहमतिको संस्कार वसाएकोमा खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई वधाई दिनु भयो । सोही अवसरमा पत्रकार कालि वहादुर मल्ल,खगेन्द्र भट्टराई, तुलाराम पाण्डे,भरत विष्ट,कृष्ण धमाला,राजनैतिक दलका तर्फवाट दमनराज शाही लगायतले वोल्दै नयाँ कार्यसमितिलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।