२६ चैत्र,कालिकोट । आज २५ औं महिला प्रतिरोध दिवस । जिल्लाको माल्कोटमा विप्लव नेतृत्वको नेकपाले एक भव्य जनसभा कार्यक्रमको आयोजना गरी मनाएको छ । जनसभामा नेकपाका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले प्रतिरोध आन्दोलनमा सहभागी घाईते महिला पुना विजा विकलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ ।
उहाँहरुले महिलाहरुको साहसीक प्रतिरोध आन्दोलन इतिहाँसमा कहिलै पनि नमर्ने वताउनु भएको छ । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सान्ति विकले महिलाहरुको साहासीक अजम्वरी रहेको वताउनु भयो ।
वि.स. २०५४ साल चैत्र २६ गते आजैको दिन जनदमनमा माल्कोट विथोलडाँडा पुगेको प्रहरी माथि महिलाहरुले संगठित रुपमा प्रतिरोध गरी पत्तासाफ गरेको दिनलाई नेकपाले हरेक वर्ष महिला प्रतिरोध दिवसको रुपमा मनाउदै आएको थियो ।
महिलाहरुले जनदमनमा गएको प्रहरीका हातहतियार समेत खोसेर तत्कालिन जनयुद्ध गरिरहेको नेकपा (माओवादी)लाई समेत वुझाएका थिए ।
यो घटनामा एक जना होनहार कालि वहादुर विकको उच्च साहादत्त भएको थियो भने प्याउकली विक सहित छ जना महिला गोली लागि घाईते भएका थिए । घाईते मध्ये कि प्याउकली विकको ७८ वर्षको उमेरमा गत माघमा कालगतिले निधन भएको छ भने रिउली विकको अझै पहिलै निधन भएको छ ।
तत्कालिन नेकपा (माओवादी)ले यो घटनामा महिलाहरुले उच्च साहसिक काम गरेको भन्दै प्रत्यक वर्ष महिला प्रतिरोध दिवस मनाउने निर्णय गरेको थियो । माओवादी विभाजन पछि अरु विभाजित माओवादी घटकहरुले यो दिवस नमनाए पनि विप्लव नेतृत्वको नेकपाले भने प्रत्यक वर्ष महिला प्रतिरोध दिवस मनाउने गरेको छ ।
इतिहासमा महिलाहरुले उच्च साहासका साथ जनदमनमा गएको प्रहरी माथि देशभरकै पहिलो प्रतिरोध गरेका थिए । यो घटनाले कालिकोटमा जनयुद्ध संचालन गर्दै आएको तत्कालिन नेकपा (माओवादी)लाई धेरै नै उचाईमा पुर्याएको थियो । माल्लकोट नेकपाका प्रवक्ता खड्क वहादुर विश्वकर्मा प्रकाण्डको गृह स्थान पनि हो । यहाँ पुरानो सत्ता प्रति प्रतिरोधी चेतना उच्च छ ।
प्रतिक्रिया दिनुहोस