नेपालगन्जमा सेना परिचालन, सडकमा काँडे तार

साउन २५, वाँके । नेपालगन्जमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिल गरिएका नेपालगन्ज उप महानगरपालिकाका विभिन्न क्षेत्रमा सेना परिचालन गरी मुख्य सडकमा काँडे तार लगाइएको छ ।

नेपालगन्जको मुटु मानिने धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग, बसपार्क लगायतका क्षेत्रमा काँडे तार लगाइएको हो ।

निषेधाज्ञाको अवज्ञा हुने भएकाले सिलपछि नेपाली सेना परिचालन गरिएको छ । अति आवश्यक बाहेक स्थानीय प्रशासनले हिँडडुलमा पूर्णरुपमा रोक लगाएको छ । बजार पूर्णरुपमा बन्छ । शिक्षण अस्पताल नेपालगन्ज आसपासका औषधि पसल पनि बन्द गरिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सील गरिएका क्षेत्रमा औषधि पसल बन्द भएपछि बिरामीहरुका लागि आवश्यक पर्ने औषधि घरमै पु¥याउने व्यवस्था मिलाएको वताउनु भएको छ ।

बाँकेमा पछिल्लो तीन दिनमा ९७ जना कोरोना संक्रमण देखिएको छ । शनिबार २०, शुक्रबार ४९ र बिहिबार २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेमा जिल्ला भरी ७ सय ८७ जना कोरोना संक्रमित भइसकेका छन् भने प्रदेश सांसद कृष्णा केसी , वडा अध्यक्ष, व्यवसायी र सरकारी अधिकारीहरुमा समेत कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस