‘जनसम्बन्ध व्यापक’ बनाउने निर्णय गर्दै नेकपा (माओवादी) दैलेखको बैठक सम्पन्न

२३ मंसिर, दैलेख । नेकपा (माओवादी) दैलेख जिल्लाले जनसम्बन्ध गहिरो तथा व्यापक बनाउने निर्णय गरेको छ ।
सोमबार जिल्लाको राकममा सम्पन्न पार्टीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रम मार्फत पार्टीले जिल्लामा जनसम्वन्ध गहिरो तथा व्यापक बनाउने निर्णय गरेको हो ।
बैठकले जनसम्वन्ध बढाउन जनभेटघाट,अन्तक्रिया,छलफल, जनसभा,तथा उत्पादनका कामहरु तिव्र गर्ने निर्णय गरेको माओवादी दैलेखले जनाएको छ ।
माओवादीको बैठकले तत्कालिन राजनीतिक अवस्थाकोबारे विश्लेषण गर्दै आगामी फागनु २१ को निर्वाचन हुने बातावरण अझै नबनेको निश्कर्ष निकालेको छ ।
नेकपा माओवादीले निर्वाचनको वातावरणका लागि सर्वपक्षिय सरकार गठन गरी विश्वासशिलो बातावरण बनाउनु पर्ने ठहर गरेको छ ।
बैठकलाई नेकपा (माओवादी)का पोलिट व्यूरो सदस्य तथा बैठकका प्रमुख अतिथि एटम सीले सम्वोधन गर्दै जेनजी आन्दोलनको मागहरु पुरा हुन नसकेको र त्यसलाई विचमै तुहाउन खोजिएको आरोप लगाउनु भयो ।

उहाँले जेनजीहरुका मागहरु पुरा नहुदा निर्वाचनको वातावरण नबनेको र अझै देशमा चुनौती बढेको जिकिर गर्नु भयो ।
नेता एटमले निर्वाचनमा पार्टी जाने निर्णय गरेकाले गाउँ गाउँमा पुगेर जनतासंगको सम्वन्ध गहिरो गरी जोडन र पार्टीलाई जनतासम्म स्थापित हुने गरी संगठन बनाउन बैठकमा निर्देशन दिनु भयो ।
बैठकमा पार्टीका जिल्ला इन्चार्ज कलम सीले पार्टीलाई साँचो माओवादी पार्टी बनाउने गरी दैलेखमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
बैठकमा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज मिनेश सीको पनि उपस्थिति रहेको थियो ।
पार्टीका जिल्ला सेक्रेटरी विश्व सीको अध्यक्षतामा सम्पन्न बैठक तथा प्रशिक्षक कार्यक्रमको लोकराज सीले स्वागत मन्तव्य दिनु भएको थियो भने संचालन जनक सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस