वैज्ञानिक समाजवादी जनचेतना फैलाउदै जनएकता अभियान

२३ मंसिर,वर्दिया । विप्लव नेतृत्वको नेकपाले संचालन गरेको जनएकता अभियानले जनतामा वैज्ञानिक समाजवादी चेतना फैलाउन थालेको छ । अहिलेको दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको र त्यसको ठाउँमा जनमत संग्रहवाट वैज्ञानिक समाजवादमा जानु पर्ने भन्दै अभियानले जनचेतना फैलाउन थालेको हो ।
बैज्ञानिक समाजवादका लागि जनमत, जनमतसंग्रहका लागि जनएकता अभियान भन्ने मुल नाराका साथ मंगलवार वाट संचालन गरेको अभियानले वुधवार पनि जनभेटघाट तथा अन्तरक्रिया गरेको छ ।
वुधवार बढैयाताल गाउँ पालिकाको वाडा न.६ मा जनता संगको भेटघाटमा वैज्ञानिक समाजवाद र जनमत संग्रह को बिसयमा छलफल गरेको छ ।


छलफलमा जनताको सवै भन्दा उत्कृष्ट प्रजातान्त्रिक र लोकतान्त्रिक विधि भनेको जनमतसंग्रहको चुनाव भएकाले त्यसवाट आफ्नो व्यवस्थाको फैसला आफै गर्ने अधिकार जनतालाई दिनु पर्ने वताइएको छ ।
अभियान टिमका प्रमुख शितलले जनमतसंग्रह नै अहिलेको संकटको उच्चतम् निकास भएको प्रष्ट्याउनु भयो ।
बढैयाताल गाउँ पालिकाका इन्चार्ज राजेन्द्रले स्थानीय तह देखिनै जनता जागरुक हुनुपर्ने बताउनु भयो ।
छलफलमा सहिद तथा बेपत्ता परिवारका जिल्ला संयोजक राजन, पार्टी जिल्ला सदस्य टाइगर, सुहाना र अनिसाले पनि वैज्ञानिक समाजावाद विना जनताको जीवनस्तर परिवर्तन नहुने बिचार ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस