२६ पुस, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले भूकम्पमा परि ज्यान गुमाउने चीनिया नागरिकप्रति दुःख व्यक्त गरेको छ । नेकपा अन्तरास्ट्रिय बिभाग सचिब खगेश्वर सी द्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपले निम्त्याएको यस दुःखद् घडीमा मित्रराष्ट्र चिनीयाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गर्दै भूकम्पमा ज्यान गुमाउने चीनियाँ नागरिक प्रति दुःख व्यक्त गरेका छन ।
बिज्ञप्तिमा भनिएको छ, सरकारी प्रतिवेदन अनुसार कम्तीमा १२६ जनाको ज्यान गएको, लगभग २०० जना घाइते भएको र हजारौंले आफ्नो घर गुमाएका छन् भूकम्पको शक्तिशाली पराकम्पन, भूकम्प गएको क्षेत्रको विशेषता, चिसोको प्रतिकूलताको कारण अझ बढि जटिलता थपिन सक्ने सम्भावनाप्रति हामी चिन्तित पनि छौं । यो अन्त्यन्तै दुःखद् घडीमा हामी चिनीयाँ जनताको साथमा रहेको जानकारी गराउन चाहान्छौ ।
“जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से शहरको डिङग्रीमा केन्द्रबिन्दु बनाएर २०८१ पुस २३ गते स्थानीय समय बिहान ९ः०५ मा गएको ६.८ म्याग्निच्युडको भूकम्प पछिको क्षतिले नेपाल कम्युनिस्ट पार्टी मर्माहत एवं स्तब्ध भएको छ । उक्त भूकम्पबाट प्रभावित चीन, नेपाल, भारत, बंगलादेश र भुटानका सम्पुर्ण नागरिकप्रति नेपाल कम्युनिष्ट पार्टी दुःख व्यक्त गर्दछ” जारी बिज्ञप्तिमा भनिएको छ ।
यस्तो छ बिज्ञप्तिको पूर्ण पाठ:
प्रतिक्रिया दिनुहोस