२६ पुस,रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का पोलिट व्यूरो सदस्य बसन्त सीले नयाँ भन्नेहरु भ्रष्ट र विदेशीका दलाल भएको भन्दै भ्रममा नपर्न सबैमा आग्रह गर्नु भएको छ ।
समाजवादी युवा जागरण अभियानका क्रममा रुपन्देहीको बुटवलमा शनिवार आयोजित कोणसभा कार्यक्रमलाई सम्वोधन गर्दै नेता बसन्त सीले नयाँ भन्नेहरु भ्रष्ट र विदेशीका दलालहरु भएकाले भ्रममा नपर्न सबैलाई आग्रह गर्नु भएको हो ।
‘विदेशमा बसेर भ्रष्टाचार गरेर देश बन्दैन, भिजन भएको नेता र पार्टी चाहिन्छ’ नेता बसन्त सीले भन्नु भयो, ‘नयाँ योजना र नयाँ भिजन नेकपा (माओवादी)संग छ, यसका महासचिव विप्लवसंग छ, एकपटक माओवादीको गुलाफ चुनाब चिन्हमा मतदान गरेर जिताउनु होस ।’
नेता बसन्तले जेनजी आन्दोलनपछि पनि देश निकै संकटमा पुगेको चर्चा गर्दै जेनजी आन्दोलनको मुद्धा विदेशीहरुले अपहरण गरेकाले बताउनु भयो । उहाँले अहिले देश अगाडि भिर र पछाडि पहिरोको अवस्थामा पुगेको रहेको टिप्पणी गर्नु भयो ।
उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा र समाजवादी व्यवस्था स्थापनाका लागि नेपालका विदेशी दलालहरुको कठपुतली सरकारको अन्त्यको जरुरी भएको ठोकुवा गर्नु भयो ।
उहाँले साम्राज्यवादीहरुलाई नेपालमा नङग्रा नगाड्न चेतावनी दिदै आवश्यक परे नेपालका ३ करोड नेपाली जनता सेना भएर उभिने उद्घोष गर्नु भयो ।
उहाँले कांग्रेस एमाले र प्रचण्डको नेपाली कम्युनिष्ट पार्टी विगतमा पटक पटक सत्तामा पुगेपनि भ्रष्टाचार गर्ने र देश लुटने काम वाहेक अरु कुनै काम नगरेको आरोप लगाउनु भयो ।
नेता वसन्तले रवी वालेन र कुलमानहरु अमेरिकी दलाल भएको भन्दै उनीहरुको पछि नलाग्न पनि सबै नेपालीलाई पुनः आहवान गर्नु भयो ।
