जनता ढाँड्ने पार्टी र नेतालाई बहिष्कार गरी एकपटक विप्लवलाई जिताउनु होस्ः प्रेम सी

२६ पुस, रुपन्देही । नेकपा (माओवादी)का केन्द्रीय सदस्य प्रेम सीले जनता ढाँड्ने पार्टी र नेतालाई बहिष्कार गरी एकपटक विप्लवलाई जिताउन अपिल गर्नु भएको छ ।
नेकपा (माओवादी)ले पश्चिम कञ्चनपुरबाट सुरु गरेको समाजवादी युवा जागरण अभियानका क्रममा शनिबार रुपन्देहीको बुटवलमा आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रेम सीले जनता ढाँड्ने पार्टी र नेतालाई बहिष्कार गरी एकपटक विप्लवलाई जिताउन अपिल गर्नु भएको हो ।
उहाँले भन्नु भयो, ‘नेपालमा जनता ढाँड्ने नेता र पार्टीलाई बहिष्कार गर्नु होस, कांग्रेस एमाले र नेपाली कम्युनिष्ट पार्टीहरु जनता ढाँड्ने पार्टी हुन, तीनका नेताहरु भ्रष्ट हुन, रवी,बालेन र कुलमानहरु अमेरिकी साम्राज्यवादका कठपुतली दलालहरु हुन । उनीहरु सबैलाई बहिष्कार गर्नु होस, श्रम र आत्मनिर्भरताको अभियानमा लागेको माओवादी र यसका नेता विप्लवलाई जिताउनु होस् ।’
उहाँले विदेशी दलाल र कठपुतली सरकारलाई खारेज गरी सर्वपक्षीय सरकार नेपालमा नबनेसम्म देश स्वाधीन र समृद्धिको बाटोमा नजाने ठोकुवा गर्नु भयो ।
नेता प्रेमसीले साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध सबै देशभक्त प्रगतिशील र क्रान्तिकारीहरु एकताबद्ध भएर समाजवाद स्थापनाको बाटोमा लाग्नु पर्ने बताउनु भयो ।
नेता प्रेमले भ्रष्टाचारको अन्त्य गर्न उच्च स्तरिय नागरिक आयोग बनाई छानविन गर्नुपर्ने र उच्च स्तरिय न्यायलय बनाउनु पर्ने टिप्पणी गर्नु भयो ।
उहाँले भ्रष्टाचारलाई नियन्त्रण गर्न भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गरी सर्वस्व सहित जन्मकैद गरिने कानुन बनाउनु पर्ने विचार राख्नु भयो ।
उहाँले पार्टीको तर्फबाट राष्ट्रपति रामचन्द पौडेललाई पुस ९ गते पेश गरिएको १३ बुँदे मागहरु यथाशिघ्र पुरा गर्न माग गर्नु भयो ।
नेता प्रेमले आफ्ना पार्टीका मागहरु वर्तमान सरकारले पुरा नगरेकाले ती मागहरु पुरा गराउन दबाव दिने उद्देश्यले समाजवादी युवा जागरण अभियान संचालन गरिएको जिकिर गर्नु भयो ।
यसअघि शनिबार विहानै बुटवलमा भएको पत्रकार सम्मेलनमा नेता प्रेम सीले बोल्दै साम्राज्यवाद विरुद्ध सबै देशभक्त,क्रान्तिकारी र प्रगतिशील शक्तिहरु एकताबद्ध हुनुपर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस