२६ पुस,रुपन्देही । नेकपा (माओवादी)का केन्द्रीय सदस्य विराट सीले आगामी निर्वाचनमा असल र देशभक्त नेताहरुलाई जिताउन अपिल गर्नु भएको छ ।
शनिवार रुपन्देहीको खैरेनीमा आयोजित कोणसभालाई सम्वोधन गर्दै नेता विराटले आगामी निर्वाचनमा असल र देशभक्त नेताहरुलाई जिताउन अपिल गर्नु भएको हो
उहाँले नेपालमा संसदवादी पार्टीका नेताहरु भ्रष्ट र दलाल भएको टिप्पणी गर्दै असल र देशभक्त पार्टी विप्लव नेतृत्वको माओवादी पार्टी भएको दाबी गर्नु भयो ।
उहाँले यो पार्टीका सबै उम्मेदवारहरुलाई गुलाफ चिन्हमा भोट दिएर जिताउन आहवान गर्नु भयो ।
नेता विराट सीले अमेरिकी साम्राज्यवादीका कठपुतली दलाल नेताहरुलाई बहिष्कार गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जीवनी सीले युवाहरु पुराना र नयाँ भन्ने दलालहरुका पछि नलाग्न आग्रह गर्नु भयो ।

उहाँले समाजवाद र स्वाधीनताका लागि माओवादी पार्टी वाहेक अर्को कोही नभएको टिप्पणी गर्नु भयो ।
यसअघि रुपन्देहीको मुर्गीया चोकमा भएको कोणसभामा नेकपा (माओवादी)का केन्द्रीय सदस्य भीम भारतीले बोल्दै साम्राज्यवादको हस्तक्षेप विरुद्ध सबै एकताबद्ध हुनुपर्ने बताउनु भयो ।

उहाँले जनताको पार्टी विप्लव नेतृत्वको माओवादीलाई र यसका असल नेतालाई जिताउन सबैलाई अपिल गर्नु भयो ।
कार्यक्रममा बुटवलका इन्चार्ज सरद वलीले बोल्दै जनताको पार्टी र सच्चा माओवादी विप्लव नेतृत्वको पार्टी भएको दाबी गर्नु भयो ।
बुटवलको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कलम सीले वैदैशीक हस्तक्षप तिव्र भएको बताउनु भयो । उहाँले विदेशीका रवी वालेनहरु विदेशीका दलालहरु भएको भन्दै उनीहरु विरुद्ध जनताले भोटको सट्टा चोट दिनु पर्ने बताउनु भयो । खैरेनीको कोणसभामा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य मिनेश सीले पनि बोल्दै विदेशी हस्तक्षेपको विरोध गर्नु भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी गीत तथा देउडाहरु समेत प्रस्तुत गरिएको थियो ।
