२६ पुस,सुर्खेत ।भारतको जम्मु कस्मिरमा ६ वर्ष देखि वन्धक भएका भुवन थापा भागेर सुखेत पुगेका छन । लामो समय पछि यो घटनाको रहस्य खुलासा भएको छ । ११ वर्षको नावालक उमेरमा आफ्नै आफन्तले घरेलु कामदारको रुपमा विक्री गरेका थिए ।
उनले आफन्त संग वेला वेला सम्पर्क गर्न खोजेपनि हुन सकेन । उनको वारे घरपरिवारमा समेत जानकारी प्राप्त हुन सकेको थिएन ।
आफू ११ वर्षको हुदा पारिवारिक आफन्त पुरन गिरीले घरेलुकाम गर्नुपर्छ तलव राम्रो हुन्छ भन्दै त्यहा लिएर छोडेका थिए । त्यसपछि गिरी कहिलै पनि ११ वर्षिय वालक छोडेको ठाउँमा गएनन ।
वन्धक भएका पिडित वालकले विगत ६ वर्ष यता तलब पनि नपाएको र घरपरिवारमा सम्पर्क गर्न नदिएको खुलासा गरेका छन ।
११ वर्षको कलिलो उमेरमा भारतमा आफन्तको दलाली मार्फत भारत पुगेको ती वालक अहिले त्यहाँवाट भागेर सुर्खेत पुगेका हुन । उनले आफ्नो ठाउँ ठेगाना समेत पत्ता लगाउन सकेका छैनन ।
जनवरी ६ को दिन दलित एकता संजाल भारत कि उपाध्यक्ष ममता बिक लाइ बालक नयाँ दिल्लीको रेल्वे स्टेशनमा भौतारी रहेको जानकारी भएपछि आफ्नो संजालले सहयोग गरि सुर्खेत पुर्याएको अध्यक्ष अर्जुन बिकले वताउनु भएको छ ।
पीडिले भने अनुसार आफ्नो नाम भुवन थापा, बुवाको नाम बिर बहादुर थापा आमाको नाम हरिकला बिक हो,बसोवास बुटवल, मामाको घर कंचनपुर सुक्लाफाटा नगरपालिका झलारी दोमिल्ला,मामाहरुको नाम शेर बहादुर बिक, जय बहादुर बिक र मोहन बिक हो ।