२६ पुस,डोल्पा । बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी डोल्पाले जिल्ला पार्टी कार्यालय उट्घाटन गरेको छ । मुड्केचुला गाउपालिका कालिकामा रहेको सहिद स्मृति भबनमा नेपाल कम्युनिस्ट पार्टीले कार्यालय स्थापना गरेको हो ।
नेकपाका डोल्पा जिल्ला सेक्रेटरी धमिलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि जिल्ला पार्टी कार्यलयको उद्घाटन गरिएको हो ।
सेक्रेटरी धमिलले संसदीय व्यवस्था असफल भएकाले जनताको मुक्तिको लागि बैज्ञानिक समाजवादमा जानु पर्ने वताउनु भयो । उहाँले त्यसका लागि व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनु पर्ने र जनमतसंग्रहको चुनाव गर्नु पर्ने वताउनु भयो ।
उहाँले पद,प्रतिष्ठा ,गुट र लुटको दलदलमा फसेको संसदीय ब्यबस्थाको चुनाव प्रणाली खारेज गर्नु पर्ने धारणा राख्नु भयो ।
जनतालाई दुख दिने भ्रष्ट नेतालाई जनताले गाउँगाउँ बाट लखेट्नु पर्ने भन्दै उहाँले जनताले अव पनि संसदीय चुनावमा भोटहाल्दा आफ्नो खुट्टामा आफै वन्चरो हानेसरह हुने वताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख अंकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा संगठन नेपाल का केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज सागरले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस