२८ चैत्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रास्कोटको दोस्रो नगरभेला विहिवार भव्यताका साथ उद्घाटन भएको छ । सयौ महिलाहरुको नारा जुलुस सहित नगरपरिक्रमा गरी रास्कोटको आरसीपी वजारमा दोस्रो नगरभेलाको उद्घाटन गरिएको हो ।
भेलालाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव राजकुमारी सीले सम्वोधन गर्दै वर्गीय मुक्तिसंगै महिला मुक्ति प्राप्त हुने बताउनु भयो ।
उहाँले जनयुद्धले महिलाहरुको केही अधिकार स्थापित गरेर नेतृत्व विकासमा केही योगदान गरेपनि क्रान्ति अधुरो हुदा महिलाहरुमाथिको विभेद पूर्ण रुपमा अन्त्य नभएको जिकिर गर्नु भयो ।

‘जुन उद्देश्यले जनयुद्ध सुरू भएको थियो, त्यो अझै पुरा भएको छैन’ महिला नेतृ राजकुमारीले भन्नु भयो, ‘तर पनि केही अधिकार भने स्थापित भएका छन,यसमा योग्दान दिने सबै दिदि वहिनी तथा आमाहरुलाई सम्झिन चाहान्छु । हामी पूर्ण अधिकार प्राप्तिको लागि संघर्षमै छौ, म कालिकोटवासी सबै दिदि वहिनी र आमाहरुलाई समाजवादी क्रान्तिमा योगदान दिन अपिल गर्छु ।’
उहाँले विगतमा पितृसत्तात्मक व्यवस्थाले महिलाहरुको योग्दानलाई मूल्यहिन बनाईएको बताउनु भयो ।
‘अहिले पनि महिलाहरूलाई अधिकारबाट बन्चित गरिएको छ, यो दलाल पुँजीवादी व्यवस्थाले महिलाहरुको मुक्ति दिदैन समाजवादी गणतन्त्रमा जानुपर्छ’ नेतृ राजकुमारीले भन्नु भयो ।
महिला नेतृ राजकुमारीले वर्गीय मुक्ति र महिला मुक्ति आन्दोलनमा अमुल्य योग्दान दिने रास्कोटवासी महिला दिदीबहिनीहरूको भेलाको भव्य सफलताको शुभकामना दिनु भयो ।
भेलामा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले भेला सफलताको शुभकामना दिदै भेलाबाट बन्ने नयाँ नेतृत्वले समाजवादी व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नु भयो । उहाँले निर्वाचित हुने नेतृत्वले महिला हिंसा, घरेलुु हिंसा अन्त्यको लागि पनि सशक्त आवाज उठाउने बताउनु भयो ।

उहाँले जनयुद्धमा महिलाको संघर्ष सामान्य नभएको भन्दै आफुलाई कमजोर नठान्न सबैलाई आग्रह गर्नुभयो ।
नेकपा केन्द्रीय सल्लाह समिति सदस्य समग्रले कालिकोटमा नेकपा माओवादी केन्द्रका केही नेता पार्टी एकता विरोधि रहेको टिप्पणी गर्नु भयो ।
माओवादी केन्द्रका केही नेताहरु आफ्नो भाग खोस्न आएको जस्तो गरी नेकपासँग दुश्मुनीको हिसाबले हेर्ने गरेको बताउनु भयो ।

महेन्द्रबहादुर शाहीले रास्कोटमा सहिद सप्ताहको कार्यक्रममा नेकपासँग एकता गर्नु हुदैन र हुन दिनुहुँदैन भनेको अभिव्यक्त खेतजनक भएको भन्दै आपत्ति जनाउनु भयो ।
भेलामा शुभकामना दिदै नेकपा केन्द्रीय सदस्य विक्रम सीले माल्कोटे साहसिक महिलाले जनयुद्धलाई अन्तर्राष्ट्रिय करण गरेको भन्दै कालिकोटमा महिलाले आफुलाई कमजोर नठान्न आग्रह गर्नुभयो ।
उहाँले कालिकोटका महिलाले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो योगदान गरेको स्मरण गर्दै बैज्ञानिक समाजवादका पक्षमा अब संघर्ष गर्न आग्रह गर्नुभयो ।

दोस्रो रास्कोट नगरभेलाको उद्घाटन सत्रको अध्यक्षता हस्ता सीले गर्नुभएको थियो भने स्वागत मन्तव्य छाँया सीले दिनु भएको थियो । आजै भेलाबाट नयाँ नेतृत्व निर्वाचित गरिने अनेमसंघ –क्रान्तिकारी)ले जनाएको छ ।
